यू–१९ विश्वकप : नेपालविरुद्ध भारतले ३० ओभरमा तीन विकेट गुमाएर १५१ रन बनायो
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको नेपालविरुद्धको खेलमा शुक्रबार भारतीय टोलीले ३० ओभरमा तीन विकेट गुमाएर एक सय ५१ रन बनाएको छ । भारतका लागि कप्तान उदय शरण ३३ रन र सचिन दास ५५ रन बनाउँदै क्रिजमा छन् ।
भारतको पहिलो विकेट नेपाली बलर गुल्सन झाले लिएका हुन् । गुल्सनले भारतीय टोलीका ओपनर ब्याट्सम्यान आदर्श सिंहलाई २१ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर उत्तम रंगु थापामगरद्वारा क्याच गराएका थिए । भारतले ४.५ ओभरमा पहिलो विकेट गुमाउँदा कुल २६ रन बनाएको थियो ।
भारतले दोस्रो विकेटका रुपमा प्रियांशु मोलियालाई गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले १९ रन बनाएका थिए । उनी रन आउट भई मैदानबाट बाहिरिएका थिए । १३.५ ओभरमा उनी आउट हुँदा भारतले ६१ रन बनाएको थियो ।
भारतको तेस्रो विकेट भने आकाश चन्दले लिएका थिए । आकाशले भारतका ओपनर ब्याट्सम्यान आर्सिन कुलकर्णीलाई १८ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर उत्तर रंगु थापामगरद्वारा क्याच गराएका थिए । १४औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा भारतले ६२ रन बनाएको थियो ।
‘सुपर सिक्स’ चरणमा यो नेपालको दोस्रो खेल हो । यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । नेपाली टोली जारी विश्वकपको उपाधि होडबाट भने यसअघि नै बाहिरिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण