जेठसम्म महाधिवेशन रोकेर माओवादीसँग एकता गर्न बाबुराम भट्टराई तयार
काठमाडौँ । नेपाल समाजवादी पार्टीभित्र माओवादीसँग एकताको विषयमा निम्तिएको विवाद समाधानपछि केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टीका अध्यक्ष डा.भट्टराई र अर्का अध्यक्ष महेन्द्र राय यादवबिच पार्टी एकताका विषयमा भएको विवाद तत्कालका लागि समाधान भएको हो ।
शनिबार केन्द्रीय समिति बैठक सुरु हुनुअघि दुई अध्यक्षसहित ५ जना पदाधिकारीबिच बसेको बैठकमा आगामी जेठसम्म नेसपाको महाधिवेशन रोक्ने सहमति भएको छ । त्यसअघि माओवादी केन्द्रसँग एकता प्रक्रियालाई अघि बढाउने निर्णय भएको छ । केन्द्रीय समिति बैठकअघि अध्यक्षद्वय भट्टराई र यादव, सह–अध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव सहित केही केन्द्रीय कार्यकारिणी सदस्यहरूबिच बैठक बसेर सो सहमति गरेको हो ।
बैठकले हाल निर्माण भइरहेको प्रस्तावित मस्यौदा विधानलाई केन्द्रीय समिति बैठकले पारित गर्ने, पार्टीभित्र देखा परेको विवादलाई हल गरेर लैजाने सहमति भएको छ । हिजो बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा पार्टी एकताको विषयमा चर्को विवाद उत्पन्न भएपछि बैठक स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण