विभाजनको सँघारमा नेसपा
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) विभाजनको सँघारमा पुगेको छ । शुक्रवार बसेको सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा नेताहरूबिच नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने कि नगर्ने भन्नेमा चर्को विवाद भएसँगै पार्टी विभाजनको सँघारमा पुगेको सो पार्टीका एक नेताले बताएका छन् ।
शुक्रवार विधान मस्यौदा र पार्टी एकताबारे छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो । तर बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले अब प्रचण्डसँग पार्टी एकता गर्न नसकिने बताए । ‘अब प्रचण्डजीसँग पार्टी एकता गर्न सकिँदैन । किनभने उहाँ जालझेल गर्न माहिर मान्छे हो । प्रचण्डले एकता पनि चाहनुभएको छैन’, डा.बाबुराम भट्टराईको भनाई उद्धृत गर्दै एक नेताले भने ।
डा. भट्टराईले यस्तो बताए पनि अर्का अध्यक्ष महिन्द्र राय यादवले भने जुनसुकै हालतमा पनि पार्टी एकता गर्नुपर्ने धारणा राखेका थिए । ‘एकता गर्ने निर्णयबाट पछि हट्न सकिँदैन । यदि सहमतिमै एकता नगर्ने भए सहमतिमै हामी छुट्टयौं’, अध्यक्ष यादवको भनाई उद्धृत गर्दै महासचिव रमेशप्रसाद यादवले रातोपाटीसँग भने । २४ सदस्यीय कार्यकारिणी समितिमा डा. भट्टराई र यादवको पक्षमा आधा आधा सदस्य रहेका छन् ।
महासचिव यादवले शनिवार बस्ने केन्द्रीय समिति बैठकअघि नेताहरूबिच सहमति नजुटे पार्टी विभाजन हुने लगभग पक्का भएको बताए ।महेन्द्र यादवको पक्षमा उनीसहित नेताहरू गोविन्द चौधरी, गङ्गानारायण श्रेष्ठ, रमेश यादव, देवेन्द्र यादव, सवनम खातुन, सलमा खातुन, वन्दना सुवेदी, बुढाबहादुर थोकीलगायत छन् ।
डा.बाबुराम भट्टराईको पक्षमा उनीसहित हिसिला यमी, भक्तबहादुर शाही, मानुषी यमी, दुर्गा सोव, जनक शाह, भरत दाहाल, ईश्वर रिजाल, घमानसिंह गुरु, सोनामसिंह सन्थ्याललगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण