अदालती बिहे
आजसम्म पिरको भारी बोकेका मेरा बाबालाई
म अब यो ऋणको भारी कसरी बोकाउँ ?
होइन भने
त्यतिका धेरै पाहुना मैले आफ्नो आँगनमा कसरी अटाउँ ?
सायद मैले यो चाहनु तिम्रा लागि स्वार्थ हो
तर मेरा लागि जिम्मेवारी
ती चम्किरहेका सितारा तिम्रा लागि खुसी हो
मेरा लागि शोकको खरिदारी ।
यदि यो असामान्य सोच तिमी अँगाल्छौँ भने
मेरा यस्तै साना रहर तिमी सम्हाल्छौ भने
बनाइदेऊ कानुनलाई साक्षी
र भेटौँ अदालतमा
जहाँ हुँदैनन् नचाहिने गफहरू
या भनौँ
छुट्नेछन् नचाहिने वचनहरू
तर हामी गरौँला हरेक वाचा पूरा
कसैलाई नराखी
या भनौँ,
मात्र भगवानलाई राखी ।
म किनुँला आमाको जस्तै सारी
तिमी पनि सजिनु खुबै
र, मिलाउनु दारी
नल्याउनु सुन
म भरिनेछैन सुनमा
नल्याउनु पन्चैबाजा
नाचौँला मायाकै धुनमा
अनि हुनेछैन कुनै दान
तिमी मात्र मलाई लैजानु सौगातमा ।
थाहा छ
यो विवाहमा कुनै वाह हुनेछैन
रंगीन संसार अनि झुटो शृङ्गार हुनेछैन
हुनेछ त केवल
केवल एक साधा दिन
हाम्रो समय अरुका लागि खास हुनेछैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण