महासमिति बैठकका लागि आठ उपसमितिका संयोजक चयन
काठमाडौँ । नेपाली कांग्रेसले आगामी महासमितिको बैठक तयारी मूल समितिका विभिन्न उपसमितिका संयोजकहरू चयन गरेको छ । आगामी फागुन ७ गते प्रारम्भ हुने बैठकको तयारी मूल समितिका संयोजक तथा पार्टी सभापति शेरबहादुर देउवाले उपसमितिको संयोजक चयन गरी जिम्मेवारी सुम्पिएका हुन् ।
जसअनुसार प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा उदय शमशेर राणा र यातायात व्यवस्थापन उपसमितिमा धना खतिवडा चयन भएका छन् । त्यस्तै स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर) चयन भएका छन् ।
महासमिति बैठक व्यवस्थित एवं प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी संयोजकहरूले कुशलतापूर्वक निभाउनु हुने विश्वास सभापतिले व्यक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
-
निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो
-
स्वास्थ्यसम्बन्धी तीन वटा ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन आग्रह
-
संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाले लिए शपथ
-
'बीपीले राष्ट्रपति बन्न अस्वीकार गरेका थिए'
-
धनुषा प्रहरीद्वारा फरार ४४ प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण