बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

महासमिति बैठकका लागि आठ उपसमितिका संयोजक चयन

आइतबार, २१ माघ २०८०, १२ : १९
आइतबार, २१ माघ २०८०

काठमाडौँ । नेपाली कांग्रेसले आगामी महासमितिको बैठक तयारी मूल समितिका विभिन्न उपसमितिका संयोजकहरू चयन गरेको छ । आगामी फागुन ७ गते प्रारम्भ हुने बैठकको तयारी मूल समितिका संयोजक तथा पार्टी सभापति शेरबहादुर देउवाले उपसमितिको संयोजक चयन गरी जिम्मेवारी सुम्पिएका हुन् ।

जसअनुसार प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा उदय शमशेर राणा र यातायात व्यवस्थापन उपसमितिमा धना खतिवडा चयन भएका छन् । त्यस्तै स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर) चयन भएका छन् ।

महासमिति बैठक व्यवस्थित एवं प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी संयोजकहरूले कुशलतापूर्वक निभाउनु हुने विश्वास सभापतिले व्यक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलको भनाई छ ।

Press Reales, Mahasamiti

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप