रचिन र विलियम्सनको शतकसँगै दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्डको गतिलो सुरुआत
काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो दिन आइतबार घरेलु टोली न्युजिल्यान्डले आफ्नो पहिलो पालीमा दुई विकेट गुमाएर दुई सय ५८ रन बनाएको छ । पहिलो दिन ८६ ओभर खेल भएको थियो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डका लागि केन विलियम्सन र रचिन रविन्द्रले उत्कृष्ट ब्याटिङ गरे । यी दुवै ब्याट्सम्यान शतक बनाउँदै क्रिजमा छन् । केवल ३९ रनमा दुवै ओपनर ब्याट्सम्यानलाई गुमाएको न्युजिल्यान्डको स्कोरलाई त्यसपछि विलियम्सन र रचिनले नै अगाडि बढाएका थिए ।
पहिलो दिनको खेल सकिँदा विलियम्सन अविजित एक सय १२ र रचिन अविजित एक सय १८ रन बनाउँदै क्रिजमा छन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका विलियम्सनले दुई सय ५९ बलको सामना गरी १५ चौका हिर्काएका छन् । ३३ वर्षीय विलियम्सनले टेस्ट क्रिकेटमा बनाएको यो ३०औँ शतक हो । टेस्ट क्रिकेटमा उनले बनाएको उच्च स्कोर भने दुई सय ५१ रन हो ।
यसैगरी चौथो नम्बरका ब्याट्सम्यान रचिनले पनि दुई सय ११ बलको सामना गरी एक छक्का र १३ वटा चौका हिर्काएका छन् । २४ वर्षीय युवा खेलाडी रचिनले भने टेस्ट क्रिकेटमा बनाएको यो पहिलो शतक हो । यसअघि टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित १८ रन थियो ।
त्यसअघि न्युजिल्यान्डका ओपनर टम लाथम २० र डेभोन कनवे एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । पहिलो दिन न्युजिल्यान्डले सात रन अतिरिक्त रुपमा पाएको छ । दक्षिण अफ्रिकाका बलर सेपो मोरेकी र डेन प्याटरसनले एक–एक विकेट लिए । न्युजिल्यान्ड भ्रमणमा रहेको दक्षिण अफ्रिकाले घरेलु टोलीसँग दुईवटा टेस्ट खेल्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण