थाइल्यान्डमा पार्टी गर्न र परिवारसँग पैसा धुत्न आफ्नै अपहरणको नाटक गरेपछि...
बैंकक । थाइल्यान्डको पट्टायामा बिदा मनाउन आएका एक वयस्कले पैसाको जोहो गर्न अनौठो तरिका अपनाएका छन् । बैंकक घुमफिर गर्दागर्दै रबी डे नाम गरेका ती पुरुषले साथमा भएको सारा पैसा सके । हुन त रमाइलो गरिरहेको बेलामा समय र पैसा कति बेला सकिसक्छ भन्ने उनले पत्तो पाएनन् होला । घरपरिवारसँग पैसा मागे ।
तर मोजमस्ती गर्न र पार्टी गर्नकै लागि भनेर परिवारले पैसा पठाउन मानेन । डेसँग स्वदेश फर्कन वा पैसाको जोहो गर्नु पर्ने दुई विकल्प मात्रै थियो । सोझो तरिकाले पैसा नआउने देखेपछि उनले तिकडम गरे ।
आफूसँगै थाइल्यान्ड घुम्न आएका साथीलाई मास्क लगाएर आफूलाई पिट्न लगाए । अनुहारभरि कुटपिटको दाग भएको फोटो खिचाए । आफ्नो अपहरणको झुठो नाटक गरे अनि परिवारसँग फिरौती मागे । अपहरणको नाटकलाई वास्तविक देखाउन उनका केही साथीहरु मुख छोपेर अपहरणकारी बने ।
डे अपहरणमा परेको खबर सुनेपछि परिवारले प्रहरीकहाँ उजुरी गरिदिए । इन्टरपोलले पीडितलाई खोज्न थाल्यो । पट्टायाको एक होटलमा पीडित हुन सक्ने थाहा भयो । इन्टरपोलले स्ट्राइक टिमको साथमा उक्त होटलमा आए । तर होटलको कोठामा रक्सी र लागू औषधको नसामा धुत डे भेटिए । प्रहरीले डेलाई जनवरी २६ मा फेला पारेको थियो । होटलको कोठामा उनको साथमा अरु तीन जना विदेशीहरु पनि थिए । प्रहरीले चारै जनालाई अनधिकृत हतियार राखेको, साथमा लागू औषध भेटिएको र भिसाको म्याद गुज्रिएपछि पनि बसेको आरोपमा पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण