महिलाको झोलामा १३० वटा विषालु भ्यागुता भेटिएपछि...
बोगोटा । कोलम्बियाका प्रहरीहरुले सोमबार वन्यजन्तु तस्करीको आरोपमा राजधानी बोगोटाको विमानस्थलबाट एक महिलालाई पक्राउ गरेका छन् । महिलाको झोलामा १३० वटा विषालु भ्यागुता भेटिएका थिए ।
ग्रे मार्केट मा यस्तो भ्यागुता को मूल्य एउटैको १ हजार डलर छ । कोलम्बियाका अधिकारीहरूले ती भ्यागुताहरूलाई अत्यन्तै कमजोर अवस्थामा फेला पारेका थिए ।
झोलाको सुरक्षा जाँचका क्रममा भ्यागुता फेला भेटिएका थिए । पानीको अभावले गर्दा भ्यागुताको अवस्था नाजुक भइसकेको थियो । पक्राउ परेकी महिला ब्राजिलकी बासिन्दा हुन् । उनी पानामा हुँदै साओ पाउलो गइरहेकी थिइन् । महिलाका अनुसार यी भ्यागुताहरू उनलाई दक्षिणी कोलम्बियाको एक समुदायले उपहार दिएको हो । यी भ्यागुतालाई हार्लेक्विन फ्रग भनिन्छ । यिनीहरु पोइजन डार्ट फ्रग भनेर पनि चिनिन्छन् ।
यी भ्यागुताको आकार मानिसको औँलाभन्दा सानो हुन्छ । उनीहरुको छालाको ग्रन्थीबाट निकै खतरनाक विष निस्कन्छ । स्थानीयले ती भ्यागुताको छालाको ग्रन्थीमा सुई लगाएर विष निकाल्ने गर्छन् । यो विषले साना जनावरहरू मर्न पनि सक्छन् । यी भ्यागुताहरू इक्वेडर र कोलम्बिया बिचको जंगलमा पाइन्छ । यो लोपोन्मुख जीवनमा पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण