तेस्रो दिनको खेल सकियो : भारतलाई हराउन इङ्ल्यान्डले थप ३३२ रन बनाउनु पर्ने
काठमाडौँ । भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटको तेस्रो दिन आइतबारको खेल सकिँदासम्म भ्रमणकारी टोली इङ्ल्यान्ड जितबाट तीन सय ३२ रन टाढा छ । तेस्रो दिनको खेल सकिँदासम्म इङ्ल्यान्डले एक विकेटको नोक्सानीमा ६७ रन बनाएको छ ।
इङ्ल्यान्डको टोली तीन सय ९९ रनको लक्ष्य पछ्याउँदै दोस्रो पाली खेल्न आएको हो । दोस्रो पालीमा इङ्ल्यान्डका ज्याक क्रावली अविजित २९ र रेहन अहमद अविजित नौ रन बनाउँदै क्रिजमा छन् । अर्का ओपनर बेन डुकेट भने २८ रन बनाउँदै आउट भएका थिए । उनको विकेट भारतीय बलर रविचन्द्रन आश्विनले लिएका थिए ।
त्यसअघि घरेलु टोली भारत आफ्नो दोस्रो पालीमा दुई सय ५५ रन बनाउँदै अलआउट भएको थियो । दोस्रो पालीमा भारतका लागि युवा ब्याट्सम्यान शुभमन गिलले शतक बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका गिलले एक सय चार रन बनाए । उनले एक सय ४७ बलको सामना गरी दुई छक्का र ११ वटा चौका पनि हिर्काए ।
अक्सर पटेलले पनि टोलीको खातामा ४५ रन थपे । छैटौँ नम्बरका ब्याट्सम्यान पटेलले ८४ बलमा ६ चौका पनि प्रहार गरे । रविचन्द्रन आश्विनले २९ रन बनाए । श्रेयस ऐयर पनि २९ रनमै पेभेलियन फर्किएका थिए ।
ओपनर यशस्वी जैसवाल १७ र कप्तान रोहित शर्मा १३ रनमा आउट भए । दोस्रो पालीमा भारतका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । इङ्ल्यान्डका बलर टम हर्टलीले चार विकेट लिए । रेहन अहमदले पनि तीन विकेट हात पारे । जेम्स एन्डर्सनले दुई र सोएब बसिरले एक विकेट लिए ।
दोस्रो टेस्टमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले आफ्नो पहिलो पालीमा तीन सय ९६ रन बनाएको थियो । पहिलो पालीमा भारतका लागि यशस्वी जैसवालले दुई सय नौ रन बनाएका थिए । इङ्ल्यान्ड भने पहिलो पालीमा दुई सय ५३ रन बनाउँदै अलआउट भएको थियो । शृंखलाको पहिलो टेस्टमा इङ्ल्यान्डले भारतलाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण