धरानमा सुम्निमा र पारुहाङको मूर्ति अनावरण
आइतबार, २१ माघ २०८०, २१ : ५५

धरान । धरान उपमहानगरपालिका–१७ साकेला सांस्कृतिक पार्कमा आज सुम्निमा पारुहाङको मूर्ति अनावरण गरिएको छ । सुनसरी जिल्लामा पहिलोपटक सबैभन्दा अग्लो सुम्निमा पारुहाङको मूर्ति निर्माण गरिएको हो ।
धरान–१८ निवासी कृष्णदेव राई र दया राईले रु २५ लाखको लागतमा मूर्ति निर्माण गरेका हुन् । उक्त मूर्तिको उद्घाटन धरान उपमहानगरपालिकाका नगर उपप्रमुख आइन्द्रविक्रम बेघाले गरे ।
किरातीहरुको आदिम पुर्खा सुम्निमा पारुहाङको १२ फिट अग्लो मूर्ति सुनसरीमै पहिलोपटक निर्माण गरिएको यायोक्खाका अध्यक्ष राजेन्द्र राईले बताए ।
धरानका नगरप्रमुख हर्कराज राई साम्पाङको नेतृत्वमा धरान–२० चिन्डेडाँडा क्षेत्रमा पनि किरात राई समुदायका देउता सुम्निमा पारुहाङको प्रतिमा निर्माण गरिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडानका क्रममा एयर होस्टेसलाई यौन दुर्व्यवहार गर्ने भारतीय यात्रीलाई जेल
-
बट्लरको स्थानमा यी खेलाडीलाई भित्र्याउँदै गुजरात
-
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
-
एप्पलले भारतमा आइफोन बनाएको हेर्न चाहँदैनन् ट्रम्प
-
२०८२ भित्रै ११औँ महाधिवेशनको मुडमा अध्यक्ष ओली
-
रोनाल्डोमाथि खनिए समर्थक : कृपया क्लब छाडेर जाऊ, अब संन्यास घोषणा गर !