बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कानुन सबैका लागि बराबर हो : महामन्त्री थापा

आइतबार, २१ माघ २०८०, २२ : ३८
आइतबार, २१ माघ २०८०

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन सबैका लागि बराबर हुने बताएका छन् । नागरिक संवाद कार्यक्रमका क्रममा यहाँ आइपुगेका उनले नारायणी नदी किनारमा सम्बोधन गर्दै कानुनभन्दा माथि कोही पनि नहुने बताए ।

उनले भने, “कानुन सबैका निम्ति बराबर हुन्छ ।” कानुनको शासनमा सबैको सम्मान हुनुपर्ने उनको भनाइ थियो । महामन्त्री थापाले आगामी बजेट, निर्वाचन प्रणाली, स्वास्थ्य, शिक्षा, विकासलगायत विषयमा नागरिकको धारणा नागरिक संवादमार्फत बुझिरहेको बताए ।

जनताको भावनाअनुसार कांग्रेसले काम गर्न अभियान सञ्चालन गरिएको उनले बताए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल र क्षेत्रीय सभापति भरत लामिछानेले अभियानका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप