कानुन सबैका लागि बराबर हो : महामन्त्री थापा
आइतबार, २१ माघ २०८०, २२ : ३८
चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन सबैका लागि बराबर हुने बताएका छन् । नागरिक संवाद कार्यक्रमका क्रममा यहाँ आइपुगेका उनले नारायणी नदी किनारमा सम्बोधन गर्दै कानुनभन्दा माथि कोही पनि नहुने बताए ।
उनले भने, “कानुन सबैका निम्ति बराबर हुन्छ ।” कानुनको शासनमा सबैको सम्मान हुनुपर्ने उनको भनाइ थियो । महामन्त्री थापाले आगामी बजेट, निर्वाचन प्रणाली, स्वास्थ्य, शिक्षा, विकासलगायत विषयमा नागरिकको धारणा नागरिक संवादमार्फत बुझिरहेको बताए ।
जनताको भावनाअनुसार कांग्रेसले काम गर्न अभियान सञ्चालन गरिएको उनले बताए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल र क्षेत्रीय सभापति भरत लामिछानेले अभियानका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण