आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

सोमबार, २२ माघ २०८०, ०७ : ५५
सोमबार, २२ माघ २०८०

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । आजै दिउँसोदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनका विषयमा तयारी गर्न दलको बैठक बस्न लागेको हो । 

बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बिहान ८ः ३० बजे बस्दैछ । बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसमेत उपस्थित हुने कार्यक्रम छ । 

हिउँदे अधिवेशनमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप