पाकिस्तानको निर्वाचनबाट इमरान खान बाहिर, अब के हुन्छ ?
कराँची । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानबिनै निर्वाचन हुने भएको छ । खान पाकिस्तानका चर्चित नेता हुन् । उनी अहिले जेलमा छन् र चुनाव लड्न नपाउने भएका छन् ।
सन् २०१८ मा पनि पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज सरिफबिनै चुनाव भएको थियो । खानको पार्टी पाकिस्तान तहरीक–ए–इंसाफ (पीटीआई)ले भने आफूले आशा नत्यागेको बताएको छ । खानलाई राजनीतिक प्रतिशोधका कारण जेल हालिएको अनि चुनावमा प्रतिस्पर्धा गर्नबाट रोकिदिएको पीटीआईको भनाई छ ।
तर खानका केही समर्थकहरूले खानको फोटो र पार्टीको झन्डा बोकेर चुनावको प्रचारप्रसार गरिरहेका छन् । झट्ट हेर्दा यो सानो निर्णय जस्तो लाग्न सक्छ । तर ५८ प्रतिशत जनता निरक्षर रहेको पाकिस्तानमा मतपत्रमा उमेदवारको पहिचान गराउने चुनाव चिह्न नहुनु भनेको बिना दल प्रतिस्पर्धामा उत्रिनु हो ।
निर्वाचन आयोगले पीटीआईको चुनाव चिह्न ब्याट जफत गरेको छ । त्यसैले उनी आधिकारिक उमेदवार होइनन् । प्राविधिक रूपमा खान निर्दलीय उम्मेदवार हुन् । चुनाव चिह्न नहुनु पीटीआईका लागि ८ फेब्रुअरीमा हुन लागेको निर्वाचनमा पार्टीले भोग्ने असङ्ख्य बाधामध्ये एक हो । पाकिस्तान सरकारले पीटीआईको कयौँ नेताहरूलाई अहिले जेलमा थुनेको छ । तर प्रविधिको सहारामा पीटीआईले चुनावको प्रचार प्रसार तीव्र पारेको छ ।
केही नेताले जेलभित्रबाटै प्रचारप्रसार तीव्र पारेका छन् । पीटीआईले आधिकारिक इन्ष्टाग्राम, एक्स र टिकटक पेजमार्फत चुनाव प्रचार प्रसार गरिरहेको छ । खान गएको वर्ष अगस्टदेखि जेलमा छन् । हालै सुनाइएको दुई सजायपछि खान अर्को १४ वर्षसम्म जेलमा बस्नु पर्ने आशङ्का गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण