शंकर महादेवन–जाकिर हुसेनलाई ग्रामी अवार्ड
लस एञ्जलस । यस वर्षको ६६ औँ वार्षिक ग्रामी पुरस्कारमा भारतले ठुलो उपलब्धि हात पारेको छ । भारतीय गायक शंकर महादेवन र प्रख्यात तबला वादक जाकिर हुसैनलाई ग्रामी अवार्ड प्रदान गरिएको छ । महादेवन र हुसेनको ब्यान्ड ‘शक्ति’को एल्बम ‘यो पल’ले बेस्ट ग्लोबल म्युजिक एल्बमको उपाधि जितेको हो ।
यो एल्बममा जम्मा ८ वटा गीत रहेका छन् । ग्रामी अवार्ड संगीतका लागि दिइने विश्वको सबैभन्दा ठुलो पुरस्कार हो । यसको आयोजना लस एन्जलसको क्रिप्टो डट कम एरिनामा गरिन्छ ।
ग्रामी विजेता रिकी केजले एक भिडियो शेयर गर्दै ब्यान्डलाई बधाई दिएका थिए । केजले आफ्नो आधिकारिक एक्स एकाउन्टमा एउटा भिडियो पोस्ट गरेका थिए । ‘शक्तिले ग्रामी जितेको छ । यो एलबमबाट ४ उत्कृष्ट भारतीय संगीतकारहरू शंकर महादेवन, सेल्वागणेश विनायकराम, गणेश राजगोपालन, उस्ताद जाकिर हुसेन । उस्ताद जाकिर हुसेनले ग्रामी अवार्ड जितेका छन् ।’ हुसेनले उत्कृष्ट बाँसुरी वादक राकेश चौरसियाको साथमा दोस्रो ग्रामी पनि जितेका थिए ।
६६औँ ग्रामी अवार्डमा गायक टेलर स्विफ्ट, ओलिभिया रोड्रिगो, माइली साइरस र लाना डेल रेले यस वर्ष कयौँ ग्रामी अवार्ड हात पारे । ग्रामी अवार्ड २०२४ मा भारतीय संगीतकारहरूको दबदबा रह्यो । गायिका माइली साइरसले आफ्नो करियरकै पहिलो ग्रामी जितिन् । यस वर्षको मनोनयनमा एसजेडएको दबदबा थियो । ९ नामाङ्कनका साथ उनी शीर्ष स्थानमा रहिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण