राजश्वको लक्ष्य नभेट्दाको दबाब, अर्थमन्त्री महतले गरे भन्सार कार्यालयहरूको निरीक्षण
कपिलवस्तु । अर्थमन्त्री डा. प्रकाशशरण महतले परिणामका आधारमा मूल्याङ्कन हुने बताएका छन् । मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री डा. महतले कर्मचारीको जायज माग सरकारले तत्काल सम्बोधन गर्ने बताउँदै त्यसका लागि प्रतिफल समेत आवश्यक पर्ने बताएका हुन् ।
अनुशासन, पारदर्शिताका साथ व्यवसायको यथार्थ मूल्याङ्कन गरियो भने राजश्वको लक्ष्य नजिक पुग्न सकिने बताए । व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई मध्यनजर राख्न आग्रह गर्नु हुँदै मन्त्री डा. महतले भने, ‘हिजो जे–जे थियो, आज त्यो पाइँदैन । त्यसकारण के के व्यवसाय घट्दैछन् र के के व्यवसाय विकसित हुँदैछन् भन्ने कुरातिर ध्यान दिइयो भने आन्तरिक राजश्व बढ्छ ।’
आन्तरिक राजश्व र भन्सारको अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने, ‘कुन बस्तु कानुनी रूपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्यो भने राजश्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ ।’ मन्त्री महतले अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिए । बाटोघाटो सुविधा भएकाले नयाँ ठाउँमा सम्पूर्ण संरचना निर्माणमा धेरै ठुलो लगानी चाहिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण