फर्स्टलुकमा यस्तो देखियो विपिनको ‘ऊनको स्वीटर’
काठमाडौँ । थुप्रै म्युजिकल फिल्म निर्माण गरेर लोकप्रियता हासिल गरेको आर्टमाण्डुले केही अगाडि निर्माण घोषणा गरेको फिल्म हो ‘ऊनको स्वीटर’ । विपिन कार्की र मिरुना लिसरा मगरको मुख्य भुमिका रहने फिल्मको फर्स्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको छायाङ्कन अगाडि फर्स्टलुक ल्याएको हो ।
सार्वजनिक फर्स्टलुकमा ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका विपिन र परम्परागत पहिरनमा मिरुना लिसरा मगर देखिएका छन् । फिल्म नवीन चौहानले निर्देशन गर्न लागेका हुन् । आर्टमाण्डुले पहिलो पटक फिचर फिल्म निर्माण गर्न लागेको हो ।
फिल्ममा विपिन र मिरुना लिसराको अलवा एलेक्स विश्वकर्मा, मिलन खत्री र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ । आगामी दसैँमा रिलिज हुने बताइएको फिल्म इलाम र पाँचथरमा छायाङ्कन हुनेछ । निर्माण युनिट फिल्मको छायाङ्कनमा छिट्टै निस्कने तयारी गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण