अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई थुनामा पठाउन अदालतको आदेश
काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमले मंगलबार थुनछेक बहसपछि चार जनालाई थुनामा पठाउन आदेश गरेका हुन् ।
अदालतले अध्यागमन अधिकृत खड्का, काभ्रे घर भएका ३७ वर्षीय मनोज तामाङ लामा र सरोज कुमार यादव र अरुण दाहाललाई थुनामा पठाउन आदेश दिएको छ । बौद्ध बस्दै आएका मनोज निमा छिरिङ ट्राभल्सका सञ्चालक हुन् । सरोज कुमार यादव एण्ड होलिडेज टुर्स एण्ड ट्राभल्सका संचालक हुन् । अरुण दाहाल बिचौलिया हुन् ।
नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने ‘गिरोह’मा संलग्न गीता शाहसँग अदालतले ५ लाख धरौटी मागेको छ । पदम लामालाई १ लाख, विनोद कार्कीलाई २ लाख, राम प्रसाद भण्डारीलाई ७ लाख, रविन अर्याललाई १ लाख र दिनेश ज्ञवालीलाई ७ लाखमा रिहा गर्न अदालतले आदेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण