अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमले मंगलबार थुनछेक बहसपछि चार जनालाई थुनामा पठाउन आदेश गरेका हुन् ।
अदालतले अध्यागमन अधिकृत खड्का, काभ्रे घर भएका ३७ वर्षीय मनोज तामाङ लामा र सरोज कुमार यादव र अरुण दाहाललाई थुनामा पठाउन आदेश दिएको छ । बौद्ध बस्दै आएका मनोज निमा छिरिङ ट्राभल्सका सञ्चालक हुन् । सरोज कुमार यादव एण्ड होलिडेज टुर्स एण्ड ट्राभल्सका संचालक हुन् । अरुण दाहाल बिचौलिया हुन् ।
नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने ‘गिरोह’मा संलग्न गीता शाहसँग अदालतले ५ लाख धरौटी मागेको छ । पदम लामालाई १ लाख, विनोद कार्कीलाई २ लाख, राम प्रसाद भण्डारीलाई ७ लाख, रविन अर्याललाई १ लाख र दिनेश ज्ञवालीलाई ७ लाखमा रिहा गर्न अदालतले आदेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार खेलाडी भिनिसियसलाई भित्र्याउन रियलसँग कुरा गर्दै अल हिलाल
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
फिल्ममा लगानीको बाढी : जेठमा निर्माण दोब्बर, ५० करोडको लगानी घोषणा
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
-
अहमदाबादबाट लन्डन गइरहेको एयर इन्डियाको फ्लाइट रद्द
-
विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीको आज पनि प्रदर्शन