विवाहको १२ वर्षपछि अलग भए इशा र भरत
काठमाडौँ । बलिउड अभिनेत्री हेमा मालिनी र अभिनेता धर्मेन्द्रकी जेठी छोरी इशा देओलको व्यक्तिगत जीवन एक महिना यता चर्चाको विषय बनेको छ । इशाको १२ वर्षे वैवाहिक जीवन टुङ्गिने चर्चा परिचर्चा भइरहँदा उक्त चर्चाले आधिकारिकता पाएको छ ।
मंगलबार इशा र उनका पति भरत तख्तानीले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै आपसी सहमतिमा वैवाहिक जीवन टुङ्ग्याएको बताएका छन् । ‘हामी आपसी सहमतिबाट अलग हुने निर्णय लिएका छौँ । हाम्रो जीवनमा यो परिवर्तनको माध्यमले हाम्रो सन्तानको सर्वोत्तम हित र कल्याण हाम्रा लागि महत्त्वपूर्ण छ र हुनेछ । हामी यो कुराको सराहना गर्नेछौँ कि हाम्रो गोपनीयताको सम्मान गरिनेछ’, विज्ञप्तिमा भनिएको छ ।
इशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए । यो जोडीको दुई छोरी राध्या र मियारा छन् । राध्या सन् २०१७ मा र मियारा सन् २०१९ मा जन्मिएका हुन् ।
इशा पछिल्लो केही समय अभिनयबाट टाढा छिन् । यद्यपि उनले लामो समयपछि ओटिटीमार्फत कमव्याक गरेकी छन् । उनले अभिनय गरेको फिल्म ‘एक दुआ’ले ६९ औँ नेशनल अवार्डमा फिचर विधामा स्पेसल मेन्सन अवार्ड पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
-
अव्यवस्थित तार हटाउने कार्य : दुई मन्त्रीको संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही गरिने
-
शिक्षकहरूको गुनासो– हामीलाई प्रोत्साहन भत्ताबाट वञ्चित गरियाे
-
क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि साउन १४ सम्मको समयसीमा
-
'कांग्रेसले धोखा दिएपछि वाम सहकार्य भयो, हामी जस्तोसुकै अग्निपरीक्षा दिन तयार छौँ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण