फिल्म ‘हात्तीछाप’ को प्रिमिएरमा कसले के भने ?

काठमाडौँ । आगामी शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘हात्तीछाप’ को प्रिमिएर गरिएको छ । मंगलबार साँझ चाबहिलको केएल टावरस्थित एफक्युव चलचित्र भवनमा गरिएको प्रिमिएरमा निर्देशक ज्ञानेन्द्र देउजा, शोभित बस्नेत, कृषा चौलागाईं, अभिनेत्री रिस्ता बस्नेत, बेनिशा हमाल लगायत फिल्मकर्मी तथा रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
प्रिमिएरमा सहभागी अधिकांशले फिल्मको कथावस्तु मन परेको प्रतिक्रिया दिएका छन् । निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मले नेपालको एक ऐतिहासिक घटनालाई २ घण्टामा समेटेको देखेर आफूलाई आश्चर्य र खुसी लागेको बताए । निर्देशक शोभित बस्नेत र कृषा चौलागाईंले फिल्मको कथावस्तु र कलाकारको अभिनयको तारिफ गरे । उनीहरुले फिल्मको प्रस्तुति पनि फरक रहेको बताए ।
सिमोस सुनुवारको निर्देशन रहेको फिल्ममा प्रदीप भारद्वाजको कथा छ । किरण नेपालीको प्रस्तुति रहेको फिल्म सौगात मल्ल, दयाहाङ राई, उपासनासिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्दि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रवीन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, विन भुजेल लगायतका कलाकारको अभिनय छ ।
कार्यक्रममा अभिनेत्री बेनिशा हमालले फिल्मको कथावस्तु दर्शकलाई मन पर्ने दाबी गरिन् । अर्की अभिनेत्री उपासना सिंह ठकुरीले पनि फिल्म राम्रो बनेकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् । सुशन प्रजापतिको छायाङ्कन रहेको फिल्म काठमाडौँ र पोखरामा खिचिएको हो । फिल्ममा सामाजिक कथालाई कमेडीको शैलीमा प्रस्तुत गरिएको छ ।
फिल्ममा आर्टमान्डुको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, आरआर फिल्मस्को वितरण रहनेछ । फिल्मको बुकिङ बुधवारबाट खुलेको छ । फिल्मलाई राम्रै शो मिलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा बेलायती फाइटर जेटको आकस्मिक अवतरण
-
बजेट प्रस्तुत गर्ने वेला कर्णालीमा सरकार र प्रतिपक्षबिच विवाद, सभा अनिश्चित
-
ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार : कारण र न्यूनीकरण
-
टर्कीले भन्यो - अहमदावादमा भएको विमान दुर्घटनासँग कुनै सम्बन्ध छैन
-
नजर प्रदेशतिर : बजेट घोषणा गर्न तम्तयार
-
बजेटमा गरिएको राजश्व प्रस्ताव चुनौतीपूर्ण : एमाले सांसद आचार्य