मनमोहन स्मृति यू–१६ राष्ट्रिय क्रिकेट माघ २८ गतेदेखि पोखरामा
काठमाडौँ । मनमोहन स्मृति यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण माघ २८ देखि फागुन ७ गतेसम्म पोखरा रंगशालामा आयोजना हुने भएको छ । प्रतियोगिता पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा आयोजना हुँदै आएको छ ।
मनहोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजना तथा नेपाल क्रिकेट संघ (क्यान) को समन्वयमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको तेस्रो संस्करणमा सातवटै प्रदेशको एक–एक टोलीका अतिरिक्त आयोजकको एक टोलीले पनि सहभागिता जनाउने छ ।
प्रतियोगिता प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका टोली तथा समूह ‘बी’ मा मधेस, लुम्बिनी, सुदूरपश्चिम प्रदेश र आयोजकको टोली रहेको जानकारी बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा दिइयो ।
प्रतियोगिताको उद्घाटन खेल गण्डकी र कर्णाली प्रदेशबिच हुनेछ । २५ ओभरको उक्त प्रतियोगितामा कुल १५ वटा खेल खेलाइने छ । प्रत्येक टोलीमा १४ खेलाडी तथा एक प्रशिक्षक र एक व्यवस्थापक गरी कुल १६ जनाको सहभागिता रहने छ ।
खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकका लागि खेल पोसाक, आवास, खानपिन र यातायातको सुविधा आयोजकले नै उपलब्ध गराउने जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो । माघ २६ गतेभित्र सबै टोलीका खेलाडीको छनोट भइसक्ने आयोजकले जनाएको छ ।
खेलाडी छनोटका लागि मनमोहन मेमोरियल क्रिकेट सेन्टरले प्रत्येक प्रादेशिक क्रिकेट संघलाई सहयोग स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराएको जानकारी आयोजक संस्थाका अध्यक्ष ठाकुर गैरेले दिए । उनले देशमा उमेर समूहका प्रतियोगिताको अभाव रहेकाले यू–१६ प्रतियोगिता आयोजना गरिएको बताए ।
यो प्रतियोगिता क्यानको वार्षीक क्यालेन्डरमा परेकोमा उनले खुसी पनि व्यक्त गरे । उनले शैक्षिक क्यालेन्डरलाई ध्यानमा राखी यसपटक प्रतियोगिता माघ–फागुनमा आयोजना गर्न लागिएको जानकारी पनि दिए ।
नेपाल क्रिकेट संघका सदस्य सुदिप शर्माले छनोट चरणको प्रतियोगिताका लागि क्यानले पनि प्रादेशिक क्रिकेट संघहरुलाई एक–एक लाख रुपैयाँ उपलब्ध गराएको जानकारी दिए । यू–१९ राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमटाले यो प्रतियोगिताको सुरुआतदेखि नै आफूमाथि जोडिएको स्मरण गर्दै अहिले देशमा बढीभन्दा बढी उमेर समूहका प्रतियोगिता आवश्यक रहेको बताए ।
प्रतियोगिता सम्पन्न गर्न ४० देखि ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो । प्रतियोगितालाई सफल पार्न राष्ट्रिय खेलकुद परिषद्, काठमाडौँ महानगरपालिका, पोखरा महानगरपालिका लगायतले आर्थिक सहयोगको प्रतिबद्धता गरेको पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ नगद पुरस्कारसँगै ट्रफी, मेडल, खेल सामाग्री र प्रमाणपत्र पाउने छ । दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल, खेल सामाग्री र प्रमाणपत्र पाउने छ ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट ब्याट्सम्यान, सर्वोत्कृष्ट बलर र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पनि खेल सामाग्रीसहित नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण