राजदूत सोङले गरे चीन र नेपालका लागि शान्तिको कामना
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चिनियाँ नयाँ वर्षको अवसरमा चीन र नेपालको समृद्धि र शान्तिको कामना गरेका छन् । उनले शुक्रवार आफ्नो समाजिक सञ्जाल एक्समार्फत भने, ‘म चीन र नेपालका जनतालाई ड्र्यागन वर्षको शुभकामना र समृद्धिको कामना गर्दछु !’
चिनियाँ राजदूतावासले चीनको नयाँ वर्षको उपलक्ष्यमा नेपालमा विभिन्न कार्यक्रम गरी साँस्कृतिक महोत्सव मनाइरहेको छ । सोही सिलसिलामा माघ २४ गते रत्नपार्कमा दीप प्रज्वलन गरेर नयाँ वर्ष मनाइएको थियो ।
सो कार्यक्रमको प्रमुख अतिथी पर्यटनमन्त्री सुदन किँराती थिए । कार्यक्रममा चिनियाँ कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए । नयाँ वर्षको अवसरमा दूतावासले फेबु्रअरी २१ सम्म रत्नपार्कमा दीप प्रज्वलन तथा विभिन्न कार्यक्रमक जारी रहने बताएको छ ।
राजदूत सोङले यो दीप प्रज्वलनले काठमाडौँलाई उज्यालो बनाएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण