राजदूत सोङले गरे चीन र नेपालका लागि शान्तिको कामना
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चिनियाँ नयाँ वर्षको अवसरमा चीन र नेपालको समृद्धि र शान्तिको कामना गरेका छन् । उनले शुक्रवार आफ्नो समाजिक सञ्जाल एक्समार्फत भने, ‘म चीन र नेपालका जनतालाई ड्र्यागन वर्षको शुभकामना र समृद्धिको कामना गर्दछु !’
चिनियाँ राजदूतावासले चीनको नयाँ वर्षको उपलक्ष्यमा नेपालमा विभिन्न कार्यक्रम गरी साँस्कृतिक महोत्सव मनाइरहेको छ । सोही सिलसिलामा माघ २४ गते रत्नपार्कमा दीप प्रज्वलन गरेर नयाँ वर्ष मनाइएको थियो ।
सो कार्यक्रमको प्रमुख अतिथी पर्यटनमन्त्री सुदन किँराती थिए । कार्यक्रममा चिनियाँ कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए । नयाँ वर्षको अवसरमा दूतावासले फेबु्रअरी २१ सम्म रत्नपार्कमा दीप प्रज्वलन तथा विभिन्न कार्यक्रमक जारी रहने बताएको छ ।
राजदूत सोङले यो दीप प्रज्वलनले काठमाडौँलाई उज्यालो बनाएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने