बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जयसूर्याको कीर्तिमान तोडे निसान्काले

शनिबार, २७ माघ २०८०, १० : ३३
शनिबार, २७ माघ २०८०

पल्लेकेले । पल्लेकेले अन्तर्राष्ट्रिय रंगशालामा शुक्रबार भएको तीन खेलको एकदिवसीय शृंखलाको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४६ रनले पराजित गरेको छ । ब्याटिङको क्रममा श्रीलंकाले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर ३ सय ८१ रन बनाएको थियो । जवाफमा अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३३९ रन मात्रै बनाउन सकेको थियो ।

श्रीलंकाका ब्याट्सम्यान पाथुम निसान्काले २१० रनको अविजित इनिङ्स खेले । उनी एकदिवसीय क्रिकेटमा श्रीलंकाका लागि सर्वाधिक स्कोर बनाउने खेलाडी बने। निसान्काले महान ब्याट्सम्यान सनथ जयसूर्या (१८९ रन) को कीर्तिमान तोडे ।

श्रीलंकाका लागि ओपनिङ गर्न आएका निसान्काले आफ्नो इनिङ्समा १३९ बलको सामना गरे । उनको ब्याटबाट २० चौका र ८ छक्का निस्केका थिए । उनले १५१.०७ को स्ट्राइक रेटमा रन बनाए।

दोस्रो इनिङ्समा मोहम्मद नाबी र अजमातुल्लाह ओमरजाइबिचको २४२ रनको साझेदारीले खेलमा रोमाञ्चकता सिर्जना गरेको छ । तर, अफगानिस्तानले खेल भने जित्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप