सिन्धुपाल्चोकको पाल्चोकमा ६ हजार किलोको घण्ट बन्ने
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोक मन्दिरमा छ हजार किलोको ठूलो घण्ट बन्ने भएको छ । आज एक कार्यक्रमबिच प्रकाश मानव सेवा आश्रमका संरक्षक प्रकाश भुजेलले घण्टको शिलान्यास गरे ।
जयवागेश्वरी पाल्चोकी माई ठूलो घण्ट निर्माण व्यवस्थापन समितिले सो घण्ट दुई वर्षमा निर्माण गर्ने लक्ष्य लिएको बताएको छ । घण्ट निर्माणका लागि प्रकाश भुजेलले रु २० लाख २० हजार सहयोग गरे । भुजेलले रु दुई लाख २० हजार नगद र १८ लाखको चेक समितिलाई हस्तान्तरण गर्दै सबैलाई सहयोग गर्नसमेत उनले आग्रह गरे ।
कार्यक्रममा पण्डित नारायणप्रसाद खनालले पाल्चोकसम्म आउने बाटो राम्रो बनाउनुपर्नेमा जोड दिए । “यहाँ खानेबस्ने राम्रो व्यवस्था होस”, उनले भने, “यसले पर्यटन प्रवर्द्धनलाई टेवा पुग्ने छ ।
घण्ट बनाउन रु तीन करोड ३० लाख खर्च लाग्ने आयोजकले बताएको छ । श्री जयवागेश्वरी पाल्चोकी माई ठूलो घण्ट निर्माण व्यवस्थापन समिति तथा मन्दिर व्यवस्थापन मूल समितिको आयोजनामा भोलिबाट फागुन ६ गते आइतबारसम्म आयोजना हुने नवाहा ज्ञान महायज्ञ पण्डित रामकृष्ण सुवेदी तथा नारायणप्रसाद खनालले वाचन गर्नेछन् ।
घण्ट निर्माणका लागि विष्णुबहादुर बराइलीले रु पाँच लाख, प्रकाश मानव सेवाका अध्यक्ष श्याम खडाकाले एक लाख पाँच हजार सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नुभएको समितिका अध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण