उपाधि दाबेदार जिरोनामाथि रियलको गोल वर्षा
मड्रिड । उपाधि होडमा रहेको जिरोनामाथि रियल मड्रिडले शानदार जीत हासिल गरेको छ । शनिबार भएको खेलमा ४–० को जीत हासिल गर्दै रियलले ला लिगाको शीर्ष स्थानमा ५ अङ्कको अग्रता बनाउन सफल भएको हो ।
रियलको जीतमा जुड बेलिङह्याम र भिनिसियस जुनियर नायक बने । खेलको छैटौँ मिनेटमा भिनिसियस जुनियरले लामो दुरीबाट उत्कृष्ट गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ३५ औँ मिनेटमा उनले बेलिङह्यामका लागि गोलको अवसर सिर्जना गरे ।
दोस्रो हाफको ५४ औँ मिनेटमा बेलिङह्यामले टोलीका लागि तेस्रो गोल गरे । बेलिङह्याम यो शताब्दीमा रियलका लागि एउटै सिजनमा सबैभन्दा धेरै गोल गर्ने मिडफिल्डर बनेका छन् । तर, खेलमा उनी घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए ।
६१ औँ मिनेटमा रोड्रिगोले अर्को गोल थप्दै स्कोर ४–० पुर्याए । इन्जुरी समयमा जोसेलुले पेनाल्टीबाट गोल गर्ने अवसर गुमाएका थिए ।
जीतपछि रियलको २४ खेलबाट ६१ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको जिरोनाको ५६ अङ्क छ । शनिबार नै भएका अन्य खेलमा लास पालमासले भ्यालेन्सियालाई २–० ले हरायो भने ओसासुना रियल सोसिडाडविरुद्ध १–० गोलले विजयी बन्यो । आलाभेस र भिल्लारियाले भने अङ्क बाँडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण