निराशा र कुण्ठाले पार्टी बन्दैन : ओम शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले पार्टी बनाउने हो भने प्रवासबाट सुरु गर्नुपर्ने बताएका छन् । उनले निराशा र कुण्ठाले पार्टी बन्न नसक्ने ठोकुवा पनि गरे ।
आइतबारदेखि राजधानीको प्रदर्शनीमार्गमा सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै शर्माले प्रवासमा माओवादी पार्टीप्रति आस्था राख्ने लाखौँ मजदुर रहेको उल्लेख गर्दै उनीहरूलाई संगठित गर्दै पार्टी प्रवासबाट बनाउन सकिने धारणा राखे ।
‘प्रवासमा रहेका जो लाखौँ मजदुरहरू रहेका छन् । उनीहरूलाई संगठित गर्न सक्ने हो भने हाम्रो पार्टीलाई कसैले हल्लाउन सक्दैन’, उनले भने, ‘निराशा र कुण्ठाले पार्टी बन्दैन। घुम्ने खाने र रमाउने मात्रै गरे पार्टी सकिन्छ । यदि पार्टी बनाउने हो भने प्रवासबाट सुरु गर्नुपर्छ ।’
उनले पार्टी बिग्रिरहेको बेला चार महिने अभियान रिचार्ज हुनसक्ने धारणा राख्दै प्रवास कमिटीले विदेशमा अभियानका साथसाथै ७ हजार सदस्य समेत बनाएको जानकारी दिए । उनले विदेशका ४२ देशका माओवादीको संगठन रहेको जानकारी दिँदै व्यवस्थित ढंगले कमिटी चलाइरहेको जानकारी दिए ।
पार्टीमा केही समस्या रहेको उल्लेख गर्दै कूटनीति केही नजान्नेहरूलाई राजदूत बनाइएकाले उनीहरूलाई फिर्ता बोलाउनुपर्ने समेत शर्माले धारणा राखे । ‘राजदूत बनाउँदा केही नजान्ने ठग र पैसा बुझाएर विभिन्न पार्टीका जो राजदूत बनाइएको सुनिन्छ । प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्षले अनुसन्धान गरेर सबैलाई फिर्ता बोलाउनुपर्छ’, उनले भने । चलखेलबाट यसअघि राजदूत बनेकाहरुले देश, जनता र श्रमिकको पक्षमा काम गर्न नसकेको उनले दाबी गरे ।
उनले प्रचण्डलाई यसअघिका प्रधानमन्त्रीहरुले जस्तो औसत काम गर्न छुट नभएको भन्दै नतिजा निकाल्ने गरी लाग्न पार्टी पनि एक ढिक्का हुनुपर्ने बताए । उनले पार्टी महासचिवको विदेश भ्रमण रोक्न आफूले भूमिका खेलेको भनेर भ्रम फैलाउने काम भएको भन्दै बैठकमा खण्डन पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण