कांग्रेसको महासमिति बैठक : स्थानीय व्यवस्थापन समिति विस्तार

काठमाडौं । नेपाली कांग्रेसले गोदावरीमा हुने महासमिति बैठकका लागि स्थानीय व्यवस्थापन उपसमितिमा १० जना सदस्यहरू मनोनीत गरेको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा रहेको उपसमितिमा १० जना सदस्यहरूलाई मनोनीत गरिएको जानकारी दिए ।
कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुँदैछ । बैठकमा देशभरिबाट करिब २५ सय जना नेता कार्यकर्ताहरू सहभागी हुनेछन् । महासमिति बैठकका लागि कांग्रेसले विभिन्न चरणमा समिति र उपसमितिहरू गठन गरेर तयारी गरिरहेको छ ।
आइतबारसम्म करिब करिब सबै तयारी अन्तिम चरणमा पुगेको सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । केन्द्रीय कार्यालयका अनुसार व्यवस्थापन उपसमितिमा काठमाडौँका गोविन्द पुडासैनी, इन्द्रबहादुर थापा, रोमेल श्रेष्ठ, ललितपुरका वशिष्ठकुमार अधिकारी, लक्ष्मी महर्जन, सुन्दरमान थिङ र शुभानन् रत्न धाख्वा तथा भक्तपुरका सुशील बस्नेत, राजेश खड्का र यादवप्रसाद अधिकारी सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
सिरहामा किशोरीले गरे युवकमाथि चक्कु प्रहार, किशोरी प्रहरी नियन्त्रणमा
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड