कांग्रेसको महासमिति बैठक : स्थानीय व्यवस्थापन समिति विस्तार
काठमाडौं । नेपाली कांग्रेसले गोदावरीमा हुने महासमिति बैठकका लागि स्थानीय व्यवस्थापन उपसमितिमा १० जना सदस्यहरू मनोनीत गरेको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा रहेको उपसमितिमा १० जना सदस्यहरूलाई मनोनीत गरिएको जानकारी दिए ।
कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुँदैछ । बैठकमा देशभरिबाट करिब २५ सय जना नेता कार्यकर्ताहरू सहभागी हुनेछन् । महासमिति बैठकका लागि कांग्रेसले विभिन्न चरणमा समिति र उपसमितिहरू गठन गरेर तयारी गरिरहेको छ ।
आइतबारसम्म करिब करिब सबै तयारी अन्तिम चरणमा पुगेको सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । केन्द्रीय कार्यालयका अनुसार व्यवस्थापन उपसमितिमा काठमाडौँका गोविन्द पुडासैनी, इन्द्रबहादुर थापा, रोमेल श्रेष्ठ, ललितपुरका वशिष्ठकुमार अधिकारी, लक्ष्मी महर्जन, सुन्दरमान थिङ र शुभानन् रत्न धाख्वा तथा भक्तपुरका सुशील बस्नेत, राजेश खड्का र यादवप्रसाद अधिकारी सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण