कांग्रेसको महासमिति बैठकका लागि भोजन व्यवस्थापन उपसमिति विस्तार
सोमबार, २९ माघ २०८०, १२ : ४५
काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकका लागि गठन गरेको भोजन व्यवस्थापन उपसमितिमा ६ जना सदस्य थपेको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय सदस्य उदय शमशेर राणा नेतृत्व उपसमितिमा ६ जना सदस्य थपिएको बताए ।
सदस्यहरूमा नेपाली कांग्रेस, गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठ, नेपाली कांग्रेस ललितपुरका उपसभापति सुदर्शन घिमिरे, नेताहरू प्रगतिमान रञ्जित, सूर्यविनायक नगर सभापति निशान ढुंगेल, कांग्रेस ललितपुरका सहसचिव ऋषिदेव फुयाँल र सम्झना भट्टराई मनोनीत भएका छन् ।
कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुँदैछ । बैठकमा देशभरिबाट करिब २५ सय जना नेता कार्यकर्ताहरू सहभागी हुनेछन् । महासमिति बैठकका लागि कांग्रेसले विभिन्न चरणमा समिति र उपसमितिहरू गठन गरेर तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण