जुन तेस्रो साता नेपालमा सम्मेलन गर्दै विश्व बैंक
काठमाडौँ । विश्व बैंकले आगामी जुन तेस्रो सातामा (असार) नेपालमा सम्मेलनको आयोजना गर्ने भएको छ । विश्व बैंकको सहुलित दरमा ऋण दिने संस्था (आईडी) को सम्मेलन आगामी जुनमा नेपालमा आयोजना हुने लागेको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका हुन् ।
यो सम्मेलनमा विश्वभरका ९२ वटा देशका प्रतिनिधि नेपाल आउने अर्थमन्त्री डा.महतले बताए । उनले भने, ‘सम्मेलनमा विश्व बैंकका अध्यक्षसहित विश्वभरका ९२ वटा देशका प्रतिनिधि नेपाल आउँछन् ।’ यो सम्मेलन नेपालमा आयोजना गर्नका लागि नेपाल सरकारले विश्व बैंकलाई पत्र लेखेको थियो ।
नेपालको पत्र पाएसँगै सुरुमा सैद्धान्तिक सहमति जनाए पनि पत्रको जवाफ नै आइसकेको अर्थमन्त्री डा.महतले बताए । अर्थमन्त्री महतले यो तहको उच्चस्तरीय भेला अहिलेसम्म नेपालमा आयोजना नभएको बताए । ‘यो पहिलो त्यस्तो भेला हुनेछ,’ उनले भने, ‘जसमा विश्व बैंकका अध्यक्षसहित विश्वभरका ९२ वटा मुलुकका प्रतिनिधि नेपालमा आउनेछन् ।’
यो सम्मेलन आयोजना भएपछि नेपालमा लगानीको बाटो अन्तर्राष्ट्रियरुपमा खुल्ने अर्थमन्त्री महतको भनाई छ । यो चालू वर्षको लागि जेठ १५ मा अर्थमन्त्री महतले घोषण गरेको १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँबाट १२.६२ प्रतिशतले बजेटको आकार घटेको हो ।
अर्थमन्त्रीले बजेटको आकार घटाउँदा सबैभन्दा धेरै पूँजीगततर्फको बजेट घटाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण