सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

जुन तेस्रो साता नेपालमा सम्मेलन गर्दै विश्व बैंक

सोमबार, २९ माघ २०८०, १६ : १२
सोमबार, २९ माघ २०८०

काठमाडौँ । विश्व बैंकले आगामी जुन तेस्रो सातामा (असार) नेपालमा सम्मेलनको आयोजना गर्ने भएको छ । विश्व बैंकको सहुलित दरमा ऋण दिने संस्था (आईडी) को सम्मेलन आगामी जुनमा नेपालमा आयोजना हुने लागेको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका हुन् ।

यो सम्मेलनमा विश्वभरका ९२ वटा देशका प्रतिनिधि नेपाल आउने अर्थमन्त्री डा.महतले बताए । उनले भने, ‘सम्मेलनमा विश्व बैंकका अध्यक्षसहित विश्वभरका ९२ वटा देशका प्रतिनिधि नेपाल आउँछन् ।’ यो सम्मेलन नेपालमा आयोजना गर्नका लागि नेपाल सरकारले विश्व बैंकलाई पत्र लेखेको थियो ।

नेपालको पत्र पाएसँगै सुरुमा सैद्धान्तिक सहमति जनाए पनि पत्रको जवाफ नै आइसकेको अर्थमन्त्री डा.महतले बताए । अर्थमन्त्री महतले यो तहको उच्चस्तरीय भेला अहिलेसम्म नेपालमा आयोजना नभएको बताए । ‘यो पहिलो त्यस्तो भेला हुनेछ,’ उनले भने, ‘जसमा विश्व बैंकका अध्यक्षसहित विश्वभरका ९२ वटा मुलुकका प्रतिनिधि नेपालमा आउनेछन् ।’

यो सम्मेलन आयोजना भएपछि नेपालमा लगानीको बाटो अन्तर्राष्ट्रियरुपमा खुल्ने अर्थमन्त्री महतको भनाई छ । यो चालू वर्षको लागि जेठ १५ मा अर्थमन्त्री महतले घोषण गरेको १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँबाट १२.६२ प्रतिशतले बजेटको आकार घटेको हो ।

अर्थमन्त्रीले बजेटको आकार घटाउँदा सबैभन्दा धेरै पूँजीगततर्फको बजेट घटाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप