सुशील कोइराला मेमोरियल यू-१९ गल्स क्रिकेट : बागमतीले गण्डकी प्रदेशलाई हरायो
काठमाडौँ । नेपालगञ्जको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल यू-१९ गल्स क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको खेलमा बागमती प्रदेश विजयी भएको छ । कोहलपुर क्रिकेट मैदानमा खेलिएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको हो ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ५६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले १५.३ ओभरमै केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
बागमती प्रदेशको जितमा एली यादवले अविजित १५ रनको योगदान गरिन् । बिपिसा शाहीले पनि अविजित १२ रन बनाइन् । कप्तान सोनी पाख्रिन आठ रनमा आउट भइन् भने ओपनर एलिसा खड्काले ६ रन जोडिन् ।
ओपनर सबिका यादव एक रनमा आउट भइन् । गण्डकी प्रदेशका बलर निरुता घर्ती, रचना चौधरी र सिमाना केसीले एक-एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशका लागि कप्तान कुसुम गोदारले १७ रन बनाएकी थिइन् ।
ओपनर रचना चौधरीले पनि टोलीको खातामा १० रन थपिन् । गण्डकीका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । गण्डकी प्रदेशले अतिरिक्त रुपमा आठ रन पाएको थियो । बागमती प्रदेशका बलर मनिषा उपाध्यायले दुई र करिष्मा गुरुङले एक विकेट लिए । मनिषा उपाध्याय प्लेयर अफ दी म्याच घोषित भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण