सुशील कोइराला मेमोरियल यू-१९ गर्ल्स क्रिकेट : कोहलपुर मेयरसँग हार्यो सुदूरपश्चिम प्रदेश
काठमाडौँ । नेपालगञ्जको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल यू-१९ गर्ल्स क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको दोस्रो खेलमा कोहलपुर मेयर-११ विजयी भएको छ ।
कोहलपुर क्रिकेट मैदानमा खेलिएको खेलमा कोहलपुर मेयर-११ ले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले हराएको हो । टस जिती पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले १९.३ ओभरमा अलआउट हुनुअघि ९१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको कोहलपुर मेयर-११ ले १७.४ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको हो । कोहलपुर मेयर-११ का लागि कप्तान साना प्रविनले ३९ रनको योगदान गरिन् । उनले ४८ बलमा एक छक्का र चार चौका पनि हिर्काइन् ।
प्रतिमा शाहले पनि अविजित १८ रन बनाइन् । कोहलपुर मेयर-११ ले अतिरिक्त रुपमा २१ रन पाएको थियो । सुदूरपश्चिम प्रदेशकी बलर रविना साउदले दुई तथा स्नेहा महरा र निशा खडायतले एक-एक विकेट लिएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशका लागि सावित्री धामीले ४६ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ४४ बलको सामना गरी चार चौका पनि हिर्काएकी थिइन् ।
रविना साउदले ११ र अनु कडायतले १० रन बनाए । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा १२ रन पाएको थियो । कोहलपुर मेयर-११ का बलर भवानी कामतीले तीन विकेट लिइन् । उनी प्लेयर अफ दी म्याच घोषित भइन् । आरती महतोले पनि दुई विकेट हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण