मेलम्चीको खानेपानी वितरणका लागि थप वितरण सञ्जाल हस्तान्तरण
काठमाडौँ । आयोजना कार्यान्वयन निर्देशनालयले मंगलबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिछ्याइएका खानेपानी वितरण सञ्जालको अन्तिम परीक्षणलाई तीव्रता दिँदै विगत सात महिनाको अवधिमा दोस्रो पटक थप १० वटा वितरण सञ्जालको स्वामित्व हस्तान्तरण गरेको छ । खानेपानी मन्त्री महिन्द्र राय यादव प्रमुख अतिथि, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य विशेष अतिथि र खानेपानी मन्त्रालयका सहसचिवहरू अतिथिका रूपमा सहभागी काठमाडौँमा आयोजित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १६ औँ वार्षिकोत्सव समारोहमा थप क्षेत्रका वितरण सञ्जालहरूको स्वामित्व हस्तान्तरण गरिएको हो ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानका १० वटा वितरण सञ्जालको करिब २ अर्ब ७ करोड मूल्य बराबरका २७८ किमी खानेपानी वितरण प्रणालीको स्वामित्व काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई आज हस्तान्तरण गरिएको छ । यसअघि, गत असारमा बोर्डलाई हस्तान्तरण गरिएका करिब रु. ४० करोड १४ लाख मूल्य बराबरका ७५ किमी खानेपानी वितरण सञ्जालबाट नियमित रूपमा मेलम्चीको पानी वितरण हुँदै आएको छ ।
हालसम्म हस्तान्तरण गरिएका जम्मा १४ वटा वितरण सञ्जालका कूल ३५० किमी खानेपानी वितरण प्रणालीबाट जम्मा २३,००० घरमा मिटर जडान भई मेलम्चीको पानी वितरण हुँदै आएको छ । काठमाडौँ उपत्यकामा बिच्छ्याइएका कूल १ हजार १० किमी वितरण सञ्जालमध्ये हस्तान्तरण हुन बाँकी रहेको करिब ६६० किमी वितरण सञ्जालको अन्तिम परीक्षण गर्ने कार्य तदारूकताका साथ हुँदै आएको छ ।
ती वितरण सञ्जालहरूको पनि क्रमिक रूपमा परीक्षण सम्पन्न गरी हस्तान्तरण गर्ने कार्य आगामी असारसम्म गर्ने गरी कार्ययोजनाका साथ कार्य भइरहेको आयोजना निर्देशक राजेन्द्र सापकोटाले जानकारी दिए । यसैगरी, आयोजनाबाट निर्माण सम्पन्न भई २०७९ साल माघमा बोर्डलाई स्वामित्व हस्तान्तरण गरिएका कूल रु. ९ अर्ब ६२ करोड मूल्य बराबरका थोक वितरण प्रणाली र पानी ट्याङ्कीहरू हाल सञ्चालनमा रहेका छन् ।
नयाँ वितरण प्रणालीबाट मेलम्चीको खानेपानी वितरण गर्दा उपभोक्ताका घरघरमा समानुपातिक रूपमा खानेपानी वितरण हुँदै आएको छ भने चुहावटको समस्या समेत नहुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण