स्वयम्भूको सरस्वती मन्दिरमा पूजा तथा अक्षरारम्भ गर्नेको घुइँचो (तस्बिरहरू)
काठमाडौँ । आज माघ शुक्लपञ्चमी अर्थात श्रीपञ्चमी । हिन्दू धर्मावलम्बीहरूले , यस दिन विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइरहेका छन् ।
सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको 'सरस्वती कवच'को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणवाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले आजकै दिन सिद्धि प्राप्त गरेको भन्ने कथन पनि छ ।
सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसको कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । सोही विश्वासका साथ आज बिहानै देखि स्वयम्भू लगायत देशभरका सरस्वती मन्दिरहरुमा श्रद्धालुहरूको घुइँचो लागेको छ ।
_9yBMFO1i4q.jpg)
_gfXLDYpR4H.jpg)
_d5wxARX1Wm.jpg)
_p480W34Ap3.jpg)
_bfSKVV0HJd.jpg)
_gHTl37pGEw.jpg)
_UgfQSG25Kc.jpg)
_ToRqEQ1Qzj.jpg)
_q1KBhMMTFv.jpg)
_2epBteEe7U.jpg)
_sS6rPLDqFK.jpg)
_i9J7yyNzia.jpg)
_L1kS8wr4uh.jpg)
_gHxSybKw3D.jpg)
_iUmjNAyh70.jpg)
_AbqfaXsAHL.jpg)
_AAiQZkESrU.jpg)
_uMf2XscG8Q.jpg)
_W8sZiqBOBX.jpg)
_1karogR7V8.jpg)
_dSGGZ4b7i3.jpg)
_gAeJJINinr.jpg)
_vUAon1GAuu.jpg)
_egPtubZoNo.jpg)
_1LGuuhiDym.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण