दोस्रो दिन १४ विकेट खस्यो, दक्षिण अफ्रिकी बलरसामु निरिह बने किविज ब्याट्सम्यान
काठमाडौँ । दोस्रो टेस्ट क्रिकेटमा दोस्रो दिन बुधबार भ्रमणकारी टोली दक्षिण अफ्रिकाका बलरसामु घरेलु टोली न्युजिल्यान्डका ब्याट्सम्यानहरु निरिह बनेका छन् । दोस्रो दिन न्युजिल्यान्डको सिङ्गो पाली केवल दुई सय ११ रनमा समेटियो ।
त्यसअघि दोस्रो दिन नै दक्षिण अफ्रिकी टोली पनि आफ्नो पहिलो पालीमा दुई सय ४२ रन बनाउँदै अलआउट भएको थियो । दोस्रो दिनको खेलमा दुबै टोलीको गरी कुल १४ विकेट खस्यो ।
भ्रमणकारी टोली दक्षिण अफ्रिकाले ६ विकेटको नोक्सानीमा दुई सय २० रनको स्थितिबाट दोस्रो दिनको खेल अगाडि बढाएको थियो ।
न्युजिल्यान्डका लागि पहिलो पालीमा ओपनर टम लाथमले ४० रन बनाए । अनुभवी ब्याट्सम्यान केन विलियम्सनले टोलीको खातामा ४३ रन थपे । विल योङ ३६ रन बनाउँदै आउट भए ।
युवा ब्याट्सम्यान रचिन रविन्द्र पनि २९ रनभन्दा अगाडि बढ्न सकेनन् । निल वाग्नरले ३३ रन बनाए भने म्याट हेनरी १० रनमा आउट भएका थिए । अन्य किविज ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दक्षिण अफ्रिकाका बलर डेन पिएटले पाँच विकेट लिए । डेन प्याटर्सनले पनि तीन विकेट हात पारे । त्यसअघि पहिलो पालीमा दक्षिण अफ्रिकाका लागि रुन डे स्वार्टले सर्वाधिक ६४ रन बनाएका थिए ।
सन भन बर्ग ३८ रन बनाउँदै आउट भएका थिए । डेभिड बेडिङ्घमले ३९ रन बनाएका थिए । टोलीको कुल स्कोर ५० रन पुग्नुअघि नै दक्षिण अफ्रिकाले दुई विकेट गुमाइसकेको थियो ।
कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान निल ब्रान्ड २५ रनमा पेभेलियन फर्किएका थिए । रेनर्ड भान टोन्डरले ३२ रन बनाएका थिए ।
जुबेर हमजा पनि २० रनभन्दा अगाडि बढ्न सकेनन् । न्युजिल्यान्डका बलर विलियम ओ’रुर्कले चार र रचिन रविन्द्रले तीन विकेट लिए ।
दोस्रो टेस्ट ह्यामिल्टनमा खेलिँदै छ । दक्षिण अफ्रिकाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । यसअघि खेलिएको पहिलो टेस्टमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई दुई सय ८१ रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण