च्याम्पियन्स लिगमा पीएसजीको जित, बार्यनको हार
काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन पीएसजीले युरोपेली च्याम्पियन्स लिग फुटबलको राउन्ड अफ सिक्सटीन्को पहिलो लेगमा जित निकालेको छ । आफ्नै मैदानमा पाहुना टोली जर्मन क्लब रियल सोसिडाडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पीएसजीले दुवै गोल दोस्रो हाफमा निकाल्न सफल भयो । ५८ औँ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ७० औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै अग्रता दोब्बर बनाए । उनले फावियन रुइजको पासमा गोल गरेका थिए । सोही अग्रता अन्त्यसम्म जोगाउँदै पीएसजीले रियल सोसिडाडलाई २–० गोल अन्तरले पहिलो लेगमा जित निकाल्यो । दोस्रो लेग मार्च ६ तारिखमा हुने छ ।
च्याम्पियन्स लिगकै अर्को खेलमा इटालियन क्लब लाजियोले जर्मन क्लब बार्यन म्युनिखलाई पराजित गरेको छ । लाजियोले ६९ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पहिलो लेगमा १–० को जित निकालेको हो । किरो इमोबिलले ६९ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । दोस्रो लेग मार्च ६ तारिखमा हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण भने छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण