शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पुटिनको रोजाइमा ट्रम्पभन्दा बाइडेन अघि

बिहीबार, ०३ फागुन २०८०, १० : ५०
बिहीबार, ०३ फागुन २०८०

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार एक अन्तर्वार्तामा आफू डोनाल्ड ट्रम्पभन्दा जो बाइडेनलाई प्राथमिकता दिने बताएका छन् । पुटिनले आफू कुनै पनि अमेरिकी राष्ट्रपतिसँग काम गर्न इच्छुक रहेको पनि बताए ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार ‘पुटिनलाई रुसका लागि डेमोक्रेट बाइडेन कि रिपब्लिकन ट्रम्प राम्रो रु’ भनेर सोधिएको थियो । पुटिनले जवाफ दिए, ‘बाइडेन। उनी धेरै अनुभवी छन्, यो थाहा हुन्छ उनले के गर्छन्। बाइडेन अनुभवी नेता हुन्।’

अमेरिकामा यसै वर्ष निर्वाचन हुँदैछ । यसपटक अमेरिकी राष्ट्रपति चुनावमा बाइडेन र ट्रम्प आमनेसामने हुन सक्ने अनुमान गरिएको छ । पुटिनले अमेरिकी चुनावको सन्दर्भमा पनि धारणा राखेका थिए। पुटिनले अमेरिकी जनताले विश्वास गर्ने राष्ट्रपतिसँग काम गर्न तयार रहेको बताए । पुटिनले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावमा टिप्पणी गरेको यो पहिलो पटक हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप