पुटिनको रोजाइमा ट्रम्पभन्दा बाइडेन अघि
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार एक अन्तर्वार्तामा आफू डोनाल्ड ट्रम्पभन्दा जो बाइडेनलाई प्राथमिकता दिने बताएका छन् । पुटिनले आफू कुनै पनि अमेरिकी राष्ट्रपतिसँग काम गर्न इच्छुक रहेको पनि बताए ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार ‘पुटिनलाई रुसका लागि डेमोक्रेट बाइडेन कि रिपब्लिकन ट्रम्प राम्रो रु’ भनेर सोधिएको थियो । पुटिनले जवाफ दिए, ‘बाइडेन। उनी धेरै अनुभवी छन्, यो थाहा हुन्छ उनले के गर्छन्। बाइडेन अनुभवी नेता हुन्।’
अमेरिकामा यसै वर्ष निर्वाचन हुँदैछ । यसपटक अमेरिकी राष्ट्रपति चुनावमा बाइडेन र ट्रम्प आमनेसामने हुन सक्ने अनुमान गरिएको छ । पुटिनले अमेरिकी चुनावको सन्दर्भमा पनि धारणा राखेका थिए। पुटिनले अमेरिकी जनताले विश्वास गर्ने राष्ट्रपतिसँग काम गर्न तयार रहेको बताए । पुटिनले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावमा टिप्पणी गरेको यो पहिलो पटक हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण