आईसीसी विश्वकप लिग-२ क्रिकेट
एकै ओभरमा सोमपालले लिए दुई विकेट
बिहीबार, ०३ फागुन २०८०, १४ : २०

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध चौथो सफलता हात पारेको छ । सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिएका हुन् ।
उनले पहिलो कप्तान जेरहार्ड इरासमसलाई ८ रनमा आउट गरे भने अन्तिम बलमा ३४ रन बनाएर जान फ्राइलिंकलाई आफ्नो शिकार बनाए ।
यसअघि ललित राजवंशीले २३ रन बनाएका ओपनर माइकल भान लिनगेनलाई आउट गरेका थिए । उनले निकोलस डाविनलाई पनि १५ रनमा आफ्नो शिकार बनाएका थिए । नामिबियाले २१ ओभरमा ४ विकेटको क्षतिमा ८२ रन बनाएको छ ।
नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको हो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : वर्षाका कारण खेल रद्द भएपछि कोलकाताको प्लेअफ सम्भावना समाप्त
-
इटालियन सिरी’ए मा एटलान्टा विजयी
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बुण्डेस लिगाको उपाधि उचाल्दै बायर्न म्युनिखले गर्यो जिनको सुखद अन्त्य
-
एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी
-
ढकमक्क फुलेका गुलमोहरमा लोभिए पर्यटक