आईसीसी विश्वकप लिग-२ क्रिकेट
नेपाललाई पाँचौँ सफलता, सोमपाललाई तेस्रो विकेट
बिहीबार, ०३ फागुन २०८०, १४ : ३५

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पाँचौँ सफलता हात पारेको छ ।
सोमपाल कामीले २ रन बनाएका जेन ग्रिनलाई आउट गरेका हुन् । यसअघि एकै ओभरमा दुई विकेट लिएका थिए । उनले पहिलो कप्तान जेरहार्ड इरासमसलाई ८ रनमा आउट गरे भने अन्तिम बलमा ३४ रन बनाएर जान फ्राइलिंकलाई आफ्नो शिकार बनाए ।
यसअघि ललित राजवंशीले २३ रन बनाएका ओपनर माइकल भान लिनगेन र निकोलस डाविनलाई १५ रनमा आफ्नो शिकार बनाएका थिए । नामिबियाले २४.१ ओभरमा ५ विकेटको क्षतिमा ८४ रन बनाएको छ ।
नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको हो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
सुदूरपश्चिम सकेर माओवादी अभियान कर्णाली प्रदेशमा
-
बङ्गलादेशमा नेपाली फुड फेस्टिभल भव्यताका साथ सम्पन्न
-
प्राविधिक शिक्षा : सम्भावनाको नयाँ बाटो
-
एमआरपीमा कडाइ गरेपछि ‘आत्तिए’ व्यवसायी, तत्काल लागु नगराउन ‘लबिङ’
-
अमेरिकाको १० सहरमा ‘कमेडी दरबार इन अमेरिका’ हुने