कांग्रेसमा गगनले औँल्याए दुई प्रवृत्ति : आत्मनिन्दा र आत्मश्लाघा (प्रतिवेदनकाे पूर्णपाठ)
काठमाडौँ । नेपाली काङ्ग्रेसभित्र दुई किसिमका प्रवृत्ति देखा परेको महामन्त्री गगन थापाले औँल्याएका छन् । बिहीबार सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा सांगठानिक प्रतिवेदन पेश गर्दै महामन्त्री थापाले कांग्रेसका विभिन्न तहका कार्यकर्ताको विचार विश्लेषण सुन्दा दुई किसिमको प्रवृत्ति देखिएको बताएका हुन् ।
‘हामीमा प्रमुख रूपमा दुई किसिमका प्रवृत्ति देखिन्छ । पहिलो आत्मनिन्दा र दोस्रो आत्मश्लाघा’, महामन्त्री थापाले आफ्नो प्रतिवेदनमा खुलाएका छन् । पहिलो प्रवृत्तिको व्याख्या गर्दै थापाले भनेका छन्– ‘पाटीले जे गरिरहेको छ वा जे भइरहेको छ ठिक भइरहेको छैन भन्ने ठहर्छ । अब पनि केही हुँदैन कि भन्ने भय र चिन्ताले उसको आत्मविश्वास खस्किएको छ । विगतमा पार्टीले गरेका निर्णय र पछ्याएको बाटोका सन्दर्भमा पनि उसमा भएको लघुताभासका कारण प्राप्त उपलब्धिको समेत अपनत्व लिन ऊ धकाइरहेको छ । यो पङ्क्ति एकदमै द्विविधा, निराशा र आत्मनिन्दाले ग्रसित छ ।’
त्यस्तै आत्मश्लाघाको पनि उनले व्याख्या गरेका छन् । ‘भरखरै सम्पन्न निर्वाचनहरूमा विजय हासिल गरेर सबैभन्त्दा ठुलो पाटी भएका छौँ, हामी अभेद्य छौँ, हाम्रा चुनौती साना छन् भन्ने अतिरिक्त आत्मश्लघाले ग्रसित देखिन्छ । ऊ पार्टीका आन्तरिक समस्यालाई उपेक्षा गर्छ, बाहिर आएका कुरालाई विरोधीहरूको प्रपोगण्डा मान्दछ र मूलतः पार्टीमा सबै ठिकठाक छ भन्ने ठहर गर्छ । पार्टीको सुदूर भविष्यसमेत सुनिश्चित भएकोमा ऊ ढुक्क छ’, थापाले भनेका छन्, ‘हाम्रो पाटीभित्र यी दुवै अतिवादी प्रवृत्ति सङ्गठनका निम्ति अत्यन्तै घातक छन् ।’
त्यसैले उनले आत्मघाती प्रवृत्तिबाट पार्टी मुक्त हुन जरुरी रहेको बताएका छन् । ‘अब हामीले आत्मश्लाघा वा आत्मनिन्दा होइन, इमानदारितापूर्वक आत्मसमीक्षा,आत्मनिरीक्षण र आत्मसंकल्प गर्नुपर्छ’, थापाको जोड छ ।
पूर्णपाठ-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण