एम्बाप्पेले पीएसजीलाई भने, ‘सिजनको अन्त्यमा क्लब छाड्न चाहन्छु’
पेरिस । फ्रेन्च स्ट्राइकर किलियान एम्बाप्पेले पेरिस सेन्ट जर्मेनलाई आफूले यो सिजनको अन्त्यमा क्लब छाड्ने फैसला सुनाएका छन् । २५ वर्षीय खेलाडी र लिग वान च्याम्पियनबिचको करार यो सिजनको अन्त्यमा सकिँदैछ ।
एम्बाप्पे लामो समयदेखि स्पेनिस क्लब रियल मड्रिड जाने चर्चा चल्दै आएको छ । गत सिजनपछि एम्बाप्पे र पीएसजीबिच करारको विषयमा लामो विवाद देखिएको थियो ।
एक समय एम्बाप्पेलाई क्लबको फर्स्ट टिमबाट बाहिर राखेर उनलाई एसियाको प्रिसिजन टूरमा समावेश गरिएको थिएन । तर, पछि दुई पक्षबिच सहमति बनेर उनी टोलीमा फर्किएका थिए ।
एम्बाप्पेको करारमा एक वर्ष थप गर्न सक्ने प्रावधान रहेकाले उनलाई या त कुनै क्लबले खरिद गर्नुपर्नेछ नत्र खेलाडीले केही आर्थिक त्याग गर्नुपर्नेछ । पीएसजीले एम्बाप्पेलाई क्लबमा नै रहोस् भन्ने चाहन्छ । तर, यतिबेला क्लब ठुला खेलाडीहरूको साटो युवा खेलाडीहरूलाई लिएर क्लबलाई पुनर्संरचना गर्न चाहन्छ । क्लबले यसअघि नै लियोनेल मेस्सी र नेयमारलाई बिदा गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण