समाचार
डीडीसीका महाप्रबन्धक सञ्जीव झालाई कार्यकक्षमै कालोमोसो
शुक्रबार, ०४ फागुन २०८०, १६ : ४१
काठमाडौँ । उद्योग विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि शुक्रबार दुर्व्यवहार भएको छ । क्रान्तिकारी युवा संगठन नेपालले झामाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको हो ।
झा डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै कालोमोसो दलिएको सो संगठनले जनाएको छ । संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमे पुगेर कालोमोसो दलिएको बताए । कालोमोसो दल्ने क्रममा हात हालाहालको अवस्था समेत भएको बताइएको छ ।
केही दिनअघि सोही समूहले यातायात व्यवस्था विभागका महानिर्देशकलाई पनि कालोमोसो दलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छानबिन समिति बने सरकार ढल्छ, एमाले त्यो चाहँदैन : विष्णु रिजाल
-
कोशी प्रदेश : जेठ तेस्रो साताभित्र संसदीय समितिको सभापति चयन गरिने
-
कतारबाट अर्काले पठाएको ७० ग्राम सुन र आइफोन पचाउन अपहरणको नाटक
-
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त
-
अन्योलमा संसद् बैठक : बानेश्वरमा विभिन्न पक्षबिच छलफल जारी
-
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक शुक्रबारसम्म स्थगित