पर्यटन मन्त्री समक्ष शेर्पा पर्यटन व्यवसायी संघको आठ बुँदे माग
काठमाडौँ । कीर्तिमानी शेर्पाहरुलाई ससम्मान स्वदेशमै बस्ने वातावरण सिर्जना गर्नुपर्नेलगायतका ८–बुँदे माग शेर्पा पर्यटन व्यवसायी संघ नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँती समक्ष पेस गरेको छ ।
संघका अध्यक्ष पेम्वा शेर्पा संंगमले शेर्पालाई स्वदेशमै रहने वातावरणका अतिरिक्त करोडौं संख्यामा पर्यटन भित्र्याउन संरचना विकासमा जोड दिनुपर्ने, अर्ग्यानिक कृषिमा लगानी बढाउनु पर्ने, व्यवसायीहरुलाई कर र ब्याजमा विशेष छुट दिनुपर्नेलगायतका माग नेपाल सरकारसँग गरेका हुन् ।
यस्तै हिमाल आरोहीहरुका बाल बालिकाहरुलाई निःशुल्क शिक्षा तथा रोजगारको व्यवस्था, पाठ्यक्रममा प्राङगारिक कृषि पद्धति समावेश, सरकारले नै आकस्मिक उद्धारको लागि हेलिकोप्टर संचालन गर्नुपर्ने र वृद्धि गरिएको सगरमाथा आरोहण शुल्क लागू गर्न नहुने माग संघले गरेको छ ।
राजधानीमा आयोजित ग्याल्पो लोसार विशेष कार्यक्रमका अवसरमा मन्त्री किराँती समक्ष अध्यक्ष शेर्पाले लिखित माग राखेका हुन् । बौद्ध धर्मावलम्वीहरुको पर्व राष्ट्रिय चाड २१५१ सिङ्ग फो डुग लो लोसरको अवसरमा पर्यटन बोर्डको सहयोगमा गरिएको कार्यक्रममा मन्त्री किराँतीले शेर्पाहरु हिमाल आरोहणबाट विश्व सामु चर्चित रहेकाले संस्कृति मार्फत पनि पहिचान बनाउँदै जानु पर्ने बताए ।
संघका अध्यक्ष संगमले साहसी शेर्पाले दिएको गाथालाई विश्व माझ चिनाउन संघले पहल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण