कांग्रेस महासमिति बैठक : तीन टाइम भोजन, करिब ७० लाख खर्च हुने
शनिबार, ०५ फागुन २०८०, १० : १४
काठमाडौँ । नेपाली कांग्रेसको आसन्न महासमिति बैठकका लागि खाजा र खानाका लागि मात्र करिब ७० लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । बैठकका लागि सम्पूर्ण भोजनको व्यवस्थापनको जिम्मा अनुपम फुडल्याण्डले पाएको छ ।
भोजन व्यवस्थापन उपसमितिका संयोजक उदय शमशेर राणाका अनुसार एक जनाको लागि दैनिक ८ सय ८० रुपैयाँमा फुडल्याण्डसँग सम्झौता गरिएको छ । महासमिति बैठकमा २५ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुने अपेक्षा छ ।
राणाका अनुसार बैठकका दौरान सदस्यहरूलाई बिहानको खाजा, खाना र दिउँसो खाजा गरी तीन टाइमको भोजनको व्यवस्था गरिएको छ । साँझको खाना र आवासको व्यवस्था भने महाधिवेशन प्रतिनिधि आफैले गर्नुपर्नेछ । कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण