कांग्रेस महासमिति बैठक : तीन टाइम भोजन, करिब ७० लाख खर्च हुने
शनिबार, ०५ फागुन २०८०, १० : १४

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न महासमिति बैठकका लागि खाजा र खानाका लागि मात्र करिब ७० लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । बैठकका लागि सम्पूर्ण भोजनको व्यवस्थापनको जिम्मा अनुपम फुडल्याण्डले पाएको छ ।
भोजन व्यवस्थापन उपसमितिका संयोजक उदय शमशेर राणाका अनुसार एक जनाको लागि दैनिक ८ सय ८० रुपैयाँमा फुडल्याण्डसँग सम्झौता गरिएको छ । महासमिति बैठकमा २५ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुने अपेक्षा छ ।
राणाका अनुसार बैठकका दौरान सदस्यहरूलाई बिहानको खाजा, खाना र दिउँसो खाजा गरी तीन टाइमको भोजनको व्यवस्था गरिएको छ । साँझको खाना र आवासको व्यवस्था भने महाधिवेशन प्रतिनिधि आफैले गर्नुपर्नेछ । कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन