युवाको सहयोगमा गाउँमा एम्बुलेन्स
शनिबार, ०५ फागुन २०८०, १२ : २७
दमक । रोजगारीको सिलसिलामा हङकङ बस्दै आएका उर्लाबारीका युवाले गाउँमा एम्बुलेन्स उपलब्ध गराएका छन् । उर्लाबारी नगरपालिकालाई हङकङमा बसोबास गर्दै आएका परिवारले रु २५ लाख ५० हजार सङ्कलन गरी पठाएको रकमबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको वडा नं ९ का अध्यक्ष नरबहादुर मोक्तानले बताए ।
वडाध्यक्ष मोक्तानका अनुसार एम्बुलेन्स सेवा विपन्न परिवारलाई निःशुल्क प्रदान गरिनेछ नगरपालिकाले विपन्न परिवारसम्बन्धी कार्यविधि बनाइरहेको तथा त्यो तयार भएपछि विपन्न परिवार परिचयपत्र वितरण गरी त्यसका आधारमा सेवाग्राहीलाई निःशुल्क सेवा गरिनेछ ।
एम्बुलेन्स खरिदका लागि हाल हङकङमा बस्दै आएका उर्लाबारी–९ का याम सेम्बुले एक्लैले रु पाँच लाख ३० हजार एकसय ७६ र अन्य दाताले थप रकम उपलब्ध गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण