‘कोशी’ नाम खारेज गर्न नागरिक उन्मुक्ति पार्टीको माग
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले ‘कोशी’ नाम खारेज गर्न माग गरेको छ । शनिवार इलामको चुलाचुलीमा बसेको नागरिक उन्मुक्ति पार्टीको सचिवालय बैठकले सो माग गरेको हो ।
बैठकको निर्णयबारे सो पार्टीका महासचिव ठाकुरसिंह थारुद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘प्रदेश नं. १ को नामाकरणलाई लिएर भइरहेको पहिचानवादीहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदेश सरकारले जबर्जस्त रुपमा नामाकरण गरेको कोशी नाम खारेजीको माग गर्दै, पहिचानको आधारमा नाम झल्काउने गरी कोचिला, किरात, लिम्बुवान प्रदेश (कोकिली) नामाकरणका लागि पहल गर्ने ।’
बैठकले प्रदेश १ को नामाकरण ‘कोकिली’ बारे पहिचानवादी संघसंस्था र सबै राजनीतिक दलहरुसँग निरन्तर छलफल चलाउने समेत निर्णय गरेको छ । सचिवालय बैठकले २०८१ मा हुने संघ, प्रदेश र स्थानीय तहको उप–निर्वाचनबारे ब्यापक छलफल गरी पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय समेत गरेको छ ।
यस्ता छन् अन्य निर्णय–

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पसँग भेटवार्ता गर्न इजरायली प्रधानमन्त्री अमेरिका प्रस्थान
-
नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार
-
काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित
-
‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ !’
-
सलमान खानलाई राहत, हट्ने भयो ‘काला हिरण’को टिजर
-
जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दाजुभाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण