‘कोशी’ नाम खारेज गर्न नागरिक उन्मुक्ति पार्टीको माग

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले ‘कोशी’ नाम खारेज गर्न माग गरेको छ । शनिवार इलामको चुलाचुलीमा बसेको नागरिक उन्मुक्ति पार्टीको सचिवालय बैठकले सो माग गरेको हो ।
बैठकको निर्णयबारे सो पार्टीका महासचिव ठाकुरसिंह थारुद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘प्रदेश नं. १ को नामाकरणलाई लिएर भइरहेको पहिचानवादीहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदेश सरकारले जबर्जस्त रुपमा नामाकरण गरेको कोशी नाम खारेजीको माग गर्दै, पहिचानको आधारमा नाम झल्काउने गरी कोचिला, किरात, लिम्बुवान प्रदेश (कोकिली) नामाकरणका लागि पहल गर्ने ।’
बैठकले प्रदेश १ को नामाकरण ‘कोकिली’ बारे पहिचानवादी संघसंस्था र सबै राजनीतिक दलहरुसँग निरन्तर छलफल चलाउने समेत निर्णय गरेको छ । सचिवालय बैठकले २०८१ मा हुने संघ, प्रदेश र स्थानीय तहको उप–निर्वाचनबारे ब्यापक छलफल गरी पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय समेत गरेको छ ।
यस्ता छन् अन्य निर्णय–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधीकालागि बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म