जैसवाल र गिलको विस्फोटक ब्याटिङ, भारतलाई ३ सय २२ रनको अग्रता
राजकोट । राजकोट टेस्टको तेस्रो दिन भारतले इंग्ल्याण्डमाथि ३२२ रनको अग्रता लिएको छ । टेस्ट म्याचको तेस्रो दिन भारतका लागि निकै राम्रो रह्यो । पहिले, भारतले शानदार बलिङ गर्दै इंग्ल्यान्डका आठ ब्याट्सम्यानलाई ९५ रनमा मात्रै आउट गर्दै इङ्ल्यान्डको पहिलो इनिङ्स ३१९ रनमा समेट्यो।
त्यसपछि भारत ब्याटिङमा आएपछि युवा ब्याट्सम्यान यशस्वी जैसवाल र शुभमन गिलले द्रुत गति रन बनाए । यी दुईको ब्याटिङले कसैलाई यो टेस्ट नभई एकदिवसीय म्याच भएको महसुस गराएको थियो ।
पहिले जैसवालले आफ्नो टेस्ट करियरको तेस्रो शतक र त्यसपछि गिलले पनि आफ्नो अर्धशतक पूरा गरे। जैसवालले ९ चौका र पाँच छक्काको सहयोगमा १०४ रन बनाएर रिटायर हर्ट भएर पभिलियन फर्किए ।
गिलले पनि अर्को छेउबाट ६ चौका र २ छक्का प्रहार गर्दै दिनको खेल सकिएसम्म ६५ रनमा अविजित रहे । यी दुई ब्याट्सम्यानले दोस्रो विकेटका लागि १ सय ५५ रन जोडे।
तेस्रो दिनको खेल सकिँदासम्म भारतको स्कोर दुई विकेटमा १९६ रन छ र अहिलेसम्म ३२२ रनको अग्रता लिएको छ । भारतले पहिलो इनिङ्समा ४ सय ४५ रन बनाएको थियो भने इङ्ल्यान्डले पहिलो इनिङ्समा ३१९ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण