सांसद दीपक खड्काको गुनासो : स्काउटका भण्डारीले मेरो चरित्रहत्या गरे
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक खड्काले नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारीले आफ्नो चरित्रहत्या गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद खड्काले नेपाल स्काउट र खड्काल्याण्ड कम्पनीबिच २०६३ सालमा विधिवत रुपमा टेन्डरमार्फत स्काउटमा भवनहरु भाडामा लिएको र १० वर्षपछि पुनः टेन्डरमार्फत प्रक्रिया पूरा गरेर त्यहाँका भवन भाडामा लिइएको बताए ।
स्काउटले बनाएका भवन र खाली जग्गा विधिवत रुपमा भाडामा लिएर व्यवसाय गरेको र हालसम्म स्काउटलाई १३ करोड बुझाइसकेको जानकारी गराए । केपी ओली प्रधानमन्त्री भएको बेला स्काउटको प्रमुख भएर आएका भण्डारीले नियुक्त भएर आएदेखि किचलो सुरु गरेको बताए ।
स्काउटका ५ वटा संरचनामा व्यवसाय गरेकालाई हटाएर भण्डारीले स्काउटमा मनोमानी गरिरहेको बताए । स्काउटको निर्वाचन गराउन ६ महिनाका लागि गएका भण्डारी साढे ५ बर्षसम्म बसेर स्काउटको सम्पत्ति दोहनमा लागिरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण