दक्षिण अफ्रिकाका महान् खेलाडी माइक प्रोक्टरको निधन
केपटाउन । दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर माइक प्रोक्टरको ७७ वर्षको उमेरका निधन भएको उनको परिवारले जानकारी दिएको छ । सन् १९७० मा दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लाग्नुअघि माइकले देशका लागि ७ वटा टेस्ट खेलेका थिए ।
उनले ग्वाउसेस्टरसायरसँग १४ सिजन बिताए भने प्रतिबन्ध फुकुवा भएपछि उनले दक्षिण अफ्रिकाको प्रशिक्षक समेत बनेका थिए । पत्नी मार्यानाका अनुसार उनको शल्यक्रियाका दौरान समस्या देखिएको थियो ।
सन् १९६७ देखि १९७० सम्म उनले खेलेका सातमध्ये ६ वटा टेस्टमा दक्षिण अफ्रिका विजयी बनेको थियो । ती सबै खेल अस्ट्रेलियाविरुद्ध खेलिएका थिए । उनले मात्र १५.०२ औसतले ४१ विकेट लिन सफल भएका थिए । तर, प्रतिबन्धका कारण उनको अन्तर्राष्ट्रिय करियर लामो हुन सकेन ।
पहिलो श्रेणीको क्रिकेटमा उनले सन् १९६५ देखि १९८८ सम्म खेल्दै १९.५३ को औसतले १ हजार ४१७ विकेट लिएका थिए । लिस्ट ए क्रिकेटमा उनले १८.७६ को औसतले ३४४ विकेट लिन सफल भएका थिए ।
ग्वाउसेस्टरसायरसँग उनले जिलेट कप र बेनसन एन्ड हेजेज कप जितेका थिए । सन् २०२० मा उनी काउन्टीको सबैभन्दा महान् खेलाडी घोषित भएका थिए ।
उनी सन् १९९१ देखि १९९४ सम्म दक्षिण अफ्रिकाको प्रशिक्षक रहेका थिए । उनको नेतृत्वमा टोली सन् १९९२ विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । उनीपछि आईसीसीको म्याच रेफ्री पनि बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण