सुदूर र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित
काठमाडौँ । सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आह्वान गरिएको दरखास्त प्रक्रिया स्थगन गरिएको छ । दुवै विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्तको प्रक्रिया स्थगित गरेको हो ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको अध्यक्षतामा रहेको समितिको आज बसेको बैठकले हाललाई दरखास्तको प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।
समितिले २५ माघ २०८० मा उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको थियो । दुवै विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि बनाइएको मापदण्डका विषयमा चर्को विरोध भइरहेको छ । त्रिभुवन विश्वविद्यालय तथा पूर्वाञ्चल विश्वविद्यालयको तुलनामा मापदण्ड कडा बनाइएको भन्दै सुदूरपश्चिम र मध्यपश्चिम प्राध्यापक सङ्घले प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय र संसद्को शिक्षा समितिमा उजुरी दिएको थियो ।
फरक फरक विश्वविद्यालयको हकमा फरक फरक खालको मापदण्ड तय गरिएको भन्दै विरोध भएपछि समितिले तत्काललाई दरखास्त प्रक्रिया स्थगित गरेको हो । फरक फरक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि फरक फरक खालको मापदण्ड तय भएको विषयमा रातोपाटीले समाचार प्रकाशन गरेको थियो । त्यसपछि सम्बन्धित विश्वविद्यालयका प्राध्यापकहरूको तर्फबाट उजुरी परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण