बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
उपकुलपति नियुक्ति प्रक्रिया

सुदूर र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित

आइतबार, ०६ फागुन २०८०, १६ : ३०
आइतबार, ०६ फागुन २०८०

काठमाडौँ । सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आह्वान गरिएको दरखास्त प्रक्रिया स्थगन गरिएको छ । दुवै विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्तको प्रक्रिया स्थगित गरेको हो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको अध्यक्षतामा रहेको समितिको आज बसेको बैठकले हाललाई दरखास्तको प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।

समितिले २५ माघ २०८० मा उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको थियो । दुवै विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि बनाइएको मापदण्डका विषयमा चर्को विरोध भइरहेको छ । त्रिभुवन विश्वविद्यालय तथा पूर्वाञ्चल विश्वविद्यालयको तुलनामा मापदण्ड कडा बनाइएको भन्दै सुदूरपश्चिम र मध्यपश्चिम प्राध्यापक सङ्घले प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय र संसद्को शिक्षा समितिमा उजुरी दिएको थियो ।

फरक फरक विश्वविद्यालयको हकमा फरक फरक खालको मापदण्ड तय गरिएको भन्दै विरोध भएपछि समितिले तत्काललाई दरखास्त प्रक्रिया स्थगित गरेको हो । फरक फरक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि फरक फरक खालको मापदण्ड तय भएको विषयमा रातोपाटीले समाचार प्रकाशन गरेको थियो । त्यसपछि सम्बन्धित विश्वविद्यालयका प्राध्यापकहरूको तर्फबाट उजुरी परेको थियो । 

notice

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप