राजेन्द्र महतोको अभियानलाई लिम्बुवान र जनमुक्तिको साथ
काठमाडौँ। राष्ट्रिय मुक्ति क्रान्तिको अभियानमा लागेका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संघीय लिम्बुवान पार्टीका नेता सन्जुहाङ पालुङ्वा, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वासँग सहकार्य गर्ने घोषणा गरेका गरेका छन् । झापाको बिर्तामोडमा आज भएको कार्यक्रममा सो घोषणा गरिएको हो ।
बहुलराष्ट्रिय राज्य स्थापना गर्ने उद्देश्यले एकीकृत शक्ति निर्माण गर्ने प्रयोजनको लागि यो सहकार्य भएको लोसपाका महासचिव केशव झाले बताए । नेता महतोले यस उद्देश्यको निम्ति जस्तोसुकै मूल्य चुकाउन आफू तयार रहेको बताए। एकल राष्ट्रिय राज्यको संरचना बदलेर बहुलराष्ट्रिय राज्य बनाउनु भनेको नेपाल सबै नेपालीको बनाउनु रहेको उनको भनाई थियो । उनले भने, ‘पृथ्वीनारायण शाहले राज्य विस्तार गरेदेखि अहिलेसम्म माटो मिल्यो तर मन मिलेको छैन।’
संघीय लिम्बुवान पार्टीका नेता सन्जुहाङ पालुङ्वाले यस उद्देश्यको निम्ति आफू पार्टी त्यागेर पनि सँगै हिँड्न तयार रहेको बताए। उनले अन्य पार्टीमा लागेका नेताहरूलाई पनि यस अभियानमा लाग्न आग्रह गरे । त्यसै गरी जनमुक्तिका अध्यक्ष केपी पालुङ्वाले यो अभियानलाई सफल बनाउनका लागि आफू तयारी रहेको बताए । क्रान्ति सफल बनाउनका लागि छलफल र सहकार्य आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा लोसपाका महासचिव केशव झाले एक्ला एक्लै संघर्ष गरेर मधेसी वा आदिवासी जनजाति कहीँ पुग्न नसक्ने भएकोले यस उद्देश्यका निम्ति एक भएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण