आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
अश्लील भिडियो प्रकरण

सशस्त्र प्रहरी बलका डीएसपी केसी स्वयम्भूबाट पक्राउ

आइतबार, ०६ फागुन २०८०, २१ : २३
आइतबार, ०६ फागुन २०८०

काठमाडौँ । सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीलाई स्वयम्भूबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

डीएसपी केसीलाई अहिले प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनले स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप छ ।

पीडितहरूले उनीविरुद्ध प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

वैयक्तिक गोपनियतासम्बन्धी ऐन–२०७५ को दफा–१६  अनुसार अनुमति बिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप